Spread the love

नेपाल बौद्ध परिवार  कोरियाको सातौं अधिवेशनबाट अध्यक्षमा कुसङ शेर्पा सर्बसम्मत निर्वाचित भएको छ ।  अधिवेशन जिहेङस्थित नागार्जुन गुम्बामा २४ तारिक आइतबार सम्पन्न भएको हो ।

निर्वाचित नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष थुतुङ ग्यल्जी शेर्पा, उपाध्यक्षहरूमा आचार्य निमा सङ्गे शेर्पा, दावा लोपचन, महासचिवमा दावा रिन्जीन लामा, सचिवमा ङवाङ सोनाम शेर्पा,कोषाध्यक्षमा याङ्जी शेर्पा र सह-कोषाध्यक्षमा किम सोनाम ह्योल्मो छन् । त्यस्तै सदस्यहरुमा पेम्बा वाङजिन लामा, किम युना, निम सङ्गे लामा, तेन्जिङ डोमा र रेशम गुरुङ छन् ।

कार्यक्रममा विभिन्न गुम्बाका धर्म गुरुहरु विभिन्न संघ-संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको संस्थाका नब निर्बाचित महासचिब दावा रिन्जीन लामा जानकारी दिए ।

नेपाली दुताबासको संरक्षकत्व, नेपाली सम्पर्क समितिको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्यमा कोरियाको प्रसिद्ध पर्यटकीय योङ्गीन शहरस्थित गुम्वा वाउछङ्‌गसामा भगवान गौतम बुद्धको प्रतिमा नेपाल देखि ल्याई सन २०१८ मा स्थापना गर्न सफल भएको थियो ।

उक्त संस्था सन् १९९५ मा स्थापना समय देखि नेपाल तथा कोरियामा विभिन्न धार्मिक तथा सामाजिक रूपमा क्रियाशील संस्था हो ।

Source:fonij korea

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729