0Shares

“प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण, शेर्पा संघ जापानको मूल अभियान” भन्ने मूल नाराका साथ शेर्पा संघ किताकान्तो जापानले हिमाली बौद्ध धर्मावलम्बीहरूको महान् पर्व २१५३ औँ ग्याल्पो लोसार को अवसरमा शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

जापानको गुन्मास्थित सासा छे एण्ड सेन्ट्रल बार एण्ड रेष्टुरेन्टमा आयोजित कार्यक्रममा संघका अध्यक्ष दावा के। शेर्पा को सभापतित्व तथा शेर्पा संघ जापानका संरक्षक छेवाङ जाङ्बु शेर्पा को प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँगै दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा बेल्जियमबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकार सोनाम कोसिस शेर्पा को विशेष सांगीतिक प्रस्तुति रहेको थियो। त्यसैगरी स्थानीय कलाकारहरू दावा के। शेर्पा, सोनाम कहानी शेर्पा, कर्मा दोङ तामाङ, दीपक सुवेदी, सौगत कुनुवार तथा डिजे छेवाङ शेर्पा का प्रस्तुतीहरूले कार्यक्रमलाई थप रोचक र सांगीतिक बनाएका थिए।

कार्यक्रमका क्रममा शेर्पा समुदायको मौलिक सांस्कृतिक पहिचान झल्किने स्याब्रु नृत्य समेत प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकहरूको मन जितेको थियो।

सोही अवसरमा संघलाई विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउने सहयोगी महानुभावहरू तथा कलाकारहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको संघका महासचिव रिन्जिङ लामा शेर्पा ले जानकारी दिनुभयो।

कार्यक्रमले प्रवासमा रहेका शेर्पा समुदायबीच भाषा, धर्म, कला र संस्कृतिको संरक्षण तथा आपसी एकता सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729