
नेपाल शेर्पा संघको ७ औँ महाधिवेशनबाट सिन्धुपाल्चोकका ल्हाक्पा ठिलेन शेर्पा (हिमाली कान्छा) अध्यक्षमा निर्वाचित हुनुभएको छ । सोमबार बौद्धस्थित शेर्पा सेवा केन्द्र भएको संघको निर्वाचनबाट ल्हाक्पा ठिलेन शेर्पाको अध्यक्षमा ३७ सदस्य कार्यसमिति चयन भएको छ ।
ल्हाक्पा ठिलेन शेर्पाका अर्का प्रत्यासी रामेछापका तेन्जी शेर्पालाई ६९ मतले पछि पार्दै २१३ मत ल्याएर विजय हासिल गरेको छ ।
संघको बरिष्ठ उपाध्यक्षमा सोलुखुम्बुका लाक्पा शेर्पा, उपाध्यक्षमा दोलखाका दावा शेर्पा, संजय शेर्पा र बाबुकाजी शेर्पा निर्वाचित हुनुभएको छ । भने महिला उपाध्यक्षमा ओखलढुङ्गाकी ल्हमु शेर्पा, सिन्धुपाल्चोककी लन्जम शेर्पा र दोलखाकी आङकान्डु शेर्पा निर्वाचित हुनुभएको छ ।
यसैगरि संघको महासचिवमा ओखलढुङ्गाका लाक्पा जि शेर्पा, उप महासचिवमा सिन्धुपाल्चोकका साङ दोर्जे शेर्पा, सचिवमा सोलुखुम्बुका मिङमार सार्की शेर्पा, माछिरी शेर्पा र ताप्लेजुङका दावा शेर्पा (डि.एन.) यसैगरि कोषाध्यक्षमा सिन्धुपाल्चोकका आङ दोर्जे शेर्पा र सहकोषाध्यक्षमा सिन्धुपाल्चोकका नुर्पु शेर्पा निर्वाचित हुनुभएको छ ।
यसैगरि सदस्यहरुमा लाक्पा शेर्पा, सोनाम टाशी शेर्पा, दोर्जे शेर्पा, लाक्पा रिन्जे शेर्पा, छिरिङ शेर्पा, ङाटासी शेर्पा, छिरिङ शेर्पा, लाक्पा शेर्पा, पासाङ किपा शेर्पा, सोनाम शेर्पा, बिरे शेर्पा ,आङनिमा शेर्पा, छोङबा शेर्पा, नुर्बु शेर्पा र ल्हाक्चुङ शेर्पा (सलाका) निर्वाचित हुनुभएको छ ।
नेपाल शेर्पा संघमा ३ वर्षको लागि नयाँ नेतृत्व चयन भएको हो । महाधिवेशनमा देशैभरका करिब २२ वटा जिल्लाका नेपाल शेर्पा संघ स्थानिय तह, जिल्ला र प्रदेशबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।