0Shares

न्युजिल्यान्डमा बसोबास गर्दै आएका शेर्पा समुदायले २१५३औं ‘मे फो त ल्हो’ ग्याल्पो लोसार हर्षोल्लासका साथ मनाएका छन् । फेब्रुअरी २१ र २२ तारिखका दिन ट्विजेल सामुदायिक हलमा आयोजित उक्त कार्यक्रम भव्य रूपमा मनाएको हो ।

कार्यक्रममा न्युजिल्यान्डका विभिन्न सहरमा बसोबास गर्ने शेर्पा समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। परम्परा, संस्कृति र आपसी एकताको भावनासहित हरेक वर्षझैँ यस वर्ष पनि लोसार मनाइएको आयोजकहरूले जनाएका छन् ।

शेर्पा परम्पराअनुसार बसोबासको स्थानअनुसार ‘लावा’ (मुख्य आयोजक) रहेको ठाउँमै लोसार आयोजना गर्ने चलन छ। यस वर्ष ट्वीजेलमा बसोबास गर्दै आएका सोलुखुम्बुका छिरिङ शेर्पा र दाफुटी शेर्पा लावा रहेका कारण कार्यक्रम ट्वीजेलमै आयोजना गरिएको हो । ट्वीजेल न्युजिल्यान्डको सबैभन्दा अग्लो हिमाल आओराकी माउन्ट कुक नजिकै अवस्थित रमणीय क्षेत्र हो ।

लोसार कार्यक्रममा सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरिनुका साथै परम्परागत शेर्पा भेषभूषा प्रदर्शन र सामूहिक शुभकामना आदानप्रदान गरिएको थियो । सहभागीहरूले विदेशी भूमिमा रहेर पनि आफ्नो मौलिक भाषा, संस्कृति र परम्परालाई जोगाइराख्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

न्यूजील्याण्ड शेर्पा सोसाईटीले लामो समयदेखि लोसारसहित विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । अन्य देशहरूको तुलनामा न्युजिल्यान्डमा शेर्पा समुदायको संख्या न्यून भए पनि पछिल्ला वर्षहरूमा समुदायको उपस्थिति क्रमशः बढ्दो क्रममा रहेको बताइएको छ ।

हाल खरिखोला, सोलुखुम्बुका काजी शेर्पा सोसाइटीका अध्यक्ष रहनुभएको छ। अध्यक्ष शेर्पाले विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा समेत निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

विदेशी भूमिमा बसेर पनि आफ्ना मौलिक परम्परा र सांस्कृतिक मूल्यलाई जोगाउँदै आएको शेर्पा समुदायको यो प्रयासले नयाँ पुस्तामा समेत पहिचानप्रतिको गर्व र एकताको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729