Spread the love

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दक्षिण कोरिया (फोनिज कोरिया) द्वारा १ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेको छ ।

सेप्टेम्बर ९ तारिख शनिवार जूम मार्फत सञ्चालन भएको तालिममा फोनिज कोरिया र कोरियामा रहेका जातिय संस्थाहरुमा आबद्ध पत्रकारितामा रुचि राख्ने करिब ३० जनाको सहभागिता रहेका थिए । तालिममा बाला राईले पत्रकारिताका आधारभूत सिद्धान्तको बिषयमा प्रशिक्षण दिएकी थिइन्। राई फोनिज कोरिया डट नेटका प्रधान सम्पादक हुन् । पत्रकारितामा स्नातक गरेकि राई नेपालमा हुँदा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा एक दशक पत्रकारिता गरेकि छिन् । त्यस्तै मञ्जु गुरुङले ‘परदेशमा पत्रकारिताका अनुभव’ बारे आफ्नो अनुभव बाँडेकी थिइन् । गुरुङ फोनिज कोरियाको संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार हुन् ।

उनले पनि छापा तथा टेलिभिजन पत्रकारितामा दशक अनुभव हासिल गरेका छन् । अन्त्यमा गोकुल थोकरले समाचार लेखन अभ्यास गराएका थिए । थोकर कान्तिपुर समाचारदाता तथा फोनिज कोरियाका अध्यक्ष हुन् । पत्रकारितामा स्नातकोत्तर गरेका उनले रेडियो, छापा र टेलिभिजन तिनै सञ्चार माध्यमहरुमा लामो समय पत्रकारिता गरेका छन् । कोरियामा रहेर पत्रकारिता गर्दै गरेका र पत्रकारितामा रुचि राख्ने आदिवासी जनजातिहरुलाई लक्षित गरेर आधारभूत पत्रकारिता तालिमको आयोजना गरिएको हो । आगामी दिनमा तालिमलाई निरन्तरता दिने फोनिज कोरियाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729