
गेल्छिरी शेर्पा दक्षिण कोरिया, शेर्पा संघ दक्षिण कोरियाको पाँचौ महाधिवेशन यही सेप्टेम्बर ३० तारिख हुने भएको छ । २०२३ सिप्टेम्बर ३ मा सस्थाको सल्लाहकार तथा कार्यसमितिकाे अनलाईन बैठकले कोरियाको छुसक बिदाको अवसरमा पाँचौ महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष थुतुङ गेल्जी शेर्पाले हिमाली सन्देशलाई बताए ।
बैठकले उक्त निर्णयसंगै संघको बिधान संशोधन गर्ने भएको छ। बिधान संशोधन गर्न पाँच सदस्यीय बिधान संशोधन समिति गठन गरेको छ। समितिले मस्यौदा तयार गरी महाधिवेशनमा प्रस्तुत गर्ने छ ।

सेप्टेम्बर 30 तारिख,सउल जिहेङ स्थित नागार्जुन गुम्बामा (경기도 동두천시 지행동 721-3 중앙프라자 803호 용수사) दक्षिण कोरियामा रहेको सम्पूर्ण शेर्पा दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि अनुरोध गरेका छन् ।