नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको चौथो अधिवेशन तथा फोनिज जापान स्थापनाको गरिमामय ७ बर्ष पूरा गरी ८ औँ बर्ष प्रवेश गरेको अवसरमा प्रकाशित “फोनिज आवाज” स्मारिकाको विमोचन कार्यक्रम एकै साथ सम्पन्न भएको छ ।
नेपाल जापान तथा अन्य देशमा रहेका बौद्धिक ब्यक्तित्वहरुको लेख, रचना, बिचार तथा शुभकामना सहित जापानमा रहेका एकल जातिय संस्थाहरुको संस्थागत प्रोफाइल, र जनजाति कलाकारहरूलाई नेपाली कला, साहित्य र गीत संगीतको क्षेत्रमा लाग्न हौसला मिलोस् भन्ने उद्देश्यले जनजाति कलाकारहरूको प्रोफाइल स्मारिकामा समेटिएको सो स्मारिका जापानका लागि नेपाली राजदुत डा दुर्गा बहादुर सुवेदीको हस्तबाहुलीबाट बिमोचन गरिएको हो ।
यसैवीच फोनिज जापानको चौथो महाधिबेशनले फुर्वा शेर्पाको अध्यक्षतामा सर्वसम्मत रुपमा १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष ईन्द्र लामा,सचिवमा प्रमेश तमु ,सह-सचिव पुनम गुरुङ ,कोषाध्यक्ष राम तामाङ, सदस्यहरुमा क्रमश- म्हेन्दो तितुङ, पेम्बा शेर्पा, चन्द्र गुरुङ, गणेश थापा मगर ,श्यामहरि राई ,गणेश घिसिङ,अमर लामा र अनन्य गुरुङ रहेको छ ।नव निर्वाचित कार्यसमिति अध्यक्ष शेर्पाले कार्यक्रममालाइ सफल बनाउन आर्थिक तथा नैतिक रुपमा सहयोग पुराउनु हुने सबै सहयोगी मनहरुलाइ हार्दिक आभार ब्यक्त गर्नुका साथै आगमी दिनहरुमा पनि निरन्तर सहयोगको लागि अनुरोध गर्नुभएको थियो । नयाँ कार्यसमितिले चाँढै नै आर्थिक बरबुझारथ र पहिलो बैठक मिति तय गर्ने र कार्ययोजना प्रस्तुत गरी जापानबासी नेपाली समुदायहरुमाझ टेवा पुग्ने कार्यक्रमहरु ल्याउने सचिव प्रमेश तमुले जानकारी दिनुभएको छ ।

३ सेप्टेम्बर २०२३ (भदौ १७ गते ) आइतबार बिहान ११:३० बजे ( जापानी समय)मा Kathmandu lounge & Bar (नेवा डाइनिङ) मा भएको कार्यक्रम बिभिन्न संघसंस्थाका प्रतिनिधि जापानी नागरिक र पत्रकारहरुको सहभागिता रहेको थियो । फोनिज जापानका अध्यक्ष फुर्वा शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदुत डा दुर्गा बहादुर सुवेदी, बिशेष अतिथिहरुमा क्रमश फोनिज केन्द्र का अध्यक्ष गजुरधन राइ , एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग ,नेफिन जापानका उपाध्यक्ष श्री गुरुङ, एनआरएन जापानका प्रबक्ता खगराज गौतम ,फोनिज जापानका संस्थापक अध्यक्ष तथा सल्लाहकार एफएनजे जापानका अध्यक्ष शान्त कुमार पहरी, एनआरएन आइसिसी उप महासचिव ओम गुरुङ रहनुभएको थियो भने कार्यक्रममा उपस्थिति एकल जातिय संस्था र अन्य संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा रहनुभएको थियो ।
औपचारिक रुपमा सम्पन्न कार्यक्रमको संचालन फोनिज जापानका सचिव सजिना मोक्तानले गर्नुभएको थियो ।




