फुर्वा शेर्पा/ टोकियो, नेपाली दुताबास टोकियो र नेपाल आदिवासी जनजाति महासंघ (नेफिन )जापानको संयुक्त आयोजनामा २९ औ बिश्व आदिवासी दिवस बिबिध कार्यक्रम आयोजना गर्दै मनाईएको छ ।
नेफिन जापानका अध्यक्ष सुकमान थिङ तामाङको सभापतित्व ,जापानी नागरिक तथा पुर्व मन्त्री ,सांसद मोतोयुकी ओदाचीको प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रमको संचालन नेपाली दुताबास टोकियोका उपनियोग प्रमुख अम्बिका जोशी र नेफिन जापानका महासचिव संचालन गर्नुभएको थियो भने कार्यक्रममा उपस्थित अतिथिहरुलाइ महामहिम राजदुत डा. दुर्गा बहादुर सुवेदीले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा जापानमा रहेर आदिवासी जनजातिहरुको हकहितको लागि बिभिन्न कोणबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुराउदै आएका बिभिन्न ब्यक्तित्वहरुलाइ सम्मान गर्नुका साथै नेफिन जापानमा सम्बद्द एकल जातिय संस्थाहरुले बिभिन्न झाँकी तथा नाँच प्रस्तुत सहयोग गर्ने कलाकारहरुलाइ सामुहिक रुपमा प्रशंसा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
१९९४ को डिसेम्बरमा संयुक्त राष्ट्र संघको महासभाले पारित गरि मनाउदै आइरहेको बिश्व आदिवासी दिवसको नारा र नेपालमा केन्द्रले यसपाली अघि सारेको नारा भने फरक फरक थियो ।
नेपालमा महासंघले यस वर्ष ’पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुख्र्याैली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौंं’ भन्ने राष्ट्रिय मूल नारा तय गरेर दिवस मनाएको हो । जापानमा आयोजित कार्यक्रमको मुल ब्यानारमा भने मुल नारा समेटिएको थिएन ।
कार्यक्रममा बिषयबस्तु र समासामायिक आदिवासी जनजाति सवाल र प्रदेश नामाकरण अनि टेकु घटना लगायत बिषयमा केन्द्रित गरी बोल्न नदिएको दिवसको झल्को खासै नदेखिएको भन्दै सामाजिक संजालहरुमा टिकाटप्पणी हुन थालेको छ ।

यध्यपिनेपालमा संसदमा बिश्व आदिवासी दिवस नेपाल सरकारले आयोजना गर्नुपर्छ भनेर आवाज उठिरहँदा जापानमा भने नेपाल सरकारको कुटनीतिक नियोगको उपस्थितिमा पहिलो पटक कार्यक्रम सम्पन्न गराउन सफल भएको भन्दै कार्यक्रममा सहभागिहरुद्वारा मुक्तकण्ठले प्रसंसा गरेका थिए ।
अगस्ट २० तारिख आइतबार सम्पन्न कार्यक्रममा जापानमा सकृय बिभिन्न सामाजिक संघसंस्था तथा आदिवासी तथा गैरआदिवासी ब्यक्तित्वहरुको उल्लेखिय सहभागिता रहेको थियो ।
फोटो : चन्द्र गुरुङ




