१९ साउन, दक्षिण कोरिया । आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले अगस्ट २० मा दक्षिण कोरियाको राजधानी सौलमा “२९ औं विश्व आदिवासी दिवस“ मनाउने भएको छ । “रैथाने ज्ञान,सीप ,कला,साहित्य एवं मौलिक खाद्य परम्पराहरुलाइ संरक्षण ,प्रबर्द्धन र बिकास गर्दै,पहिचान र अधिकार प्राप्तिको सांस्कृतिक आन्दोलनमा एकाकार बनौं ।” भन्ने मुल नाराका साथमा नेपाली रैथाने कला साहित्य संस्कृति एव रैथाने खाद्य परम्परालाई संरक्षण प्रबर्द्धन एवं बजारीकरण गर्ने उद्देश्य सहित पहिचानको पक्षमा सांस्कृतिक आन्दोलनको रुपमा ” २९ औं विश्व आदिवासी दिवस” मनाउन लागेको अध्यक्ष विशन राईले हिमाली सन्देशलाई जानकारी दिनु भयो।
कार्यक्रममा जनजाती महासंघमा आबद्द जातीय समुदायहरुको मौलिक सास्कृतिक नृत्य एवं झाकी प्रदर्शन, शेर्पा र तामाङ समुदायको खाप्से, गुथुक, मगर समुदायको बारा बुटुका, गुरुङ समुदायको प्ला क्यहे (बब्रे रोटि) राई लिम्बु समुदायको वाचिपा, लिम्बु समुदायको याङ्देन र थारु समुदायको घाेङी र माछा आदि प्रदर्शन हुनुका साथै अन्य सांगीतिक प्रस्तुति रहने सस्थाका महासचिव दयाराम रानाले जानकारी दिनु भयो ।
सन २००८ मा स्थापित यस महासंघले बिगतका वर्षहरु झै यो वर्ष पनि भब्यताका साथ “विश्व आदिवासिक दिवस “ मनाउन गईरहेकोले दक्षिण कोरियामा रहेका सम्पुर्ण संघ संस्था , पत्रकार तथा सम्पूर्ण नेपाली जनहरुलाई उपस्थितिको लागि निमन्त्रणा गर्दै कार्यक्रममा उपस्थित भइ सफल पारिदिन आग्रह गर्नु भएको छ ।




