गेल्छिरी शेर्पा दक्षिण कोरिया / गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरिया जेजुदो प्रान्तको तेस्रो अधिवेशन बाट गोकुल शर्मा अध्यक्षमा निर्वाचित भएका छन् ।
२०२३ जुन १८ मा KCTU को सभाहल जेजु-सी मा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रेजिना शेर्पा, कोपिल राई, सरिता राई, सचीव खगेन्द्र मोक्तान, सह-सचिव युवराज निरौला (राजन) तथा कोषाध्यक्ष सुरेन्द्र चन्द ठकुरी भएको थियो भने सदस्यहरुमा पुरन घर्ती मगर, प्रतिज्ञा लामा बिरु खापुङ लिम्बू, रेनुका खड्का, डिजुङ शेर्पा, सानुमाया तामाङ निर्वाचित भएका हुन ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरिया अध्यक्ष दिपक पुनको प्रमुख अतिथ्यमा सम्पन्न कायक्रममा बिशिष्ट अतिथी ICC सदस्य डा.विमल सुवेदी अतिथीहरूमा एनआरएनए युवा संयोजक अमित थपलिया, आदीबासी जनजाती महासंघ जेजुदो शाखा अध्यक्ष गजिन हाङस्रोङ, किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा अध्यक्ष नविन थोक्लेन लिम्बू, तामाङ घेदुङ संघ जेजुदो शाखा प्रतिनिधि सानुमाया तामाङ, एनआरएनए जेजुदो प्रान्त संस्थापक अध्यक्ष कोमल प्र. प्याकुरेल, NRNA जेजुदो प्रान्त निर्वतमान अध्यक्ष सुमन हाङस्रोङ, एनआरएनए जेजुदो प्रान्त संस्थापक उपाध्यक्ष, निर्बाचन मण्डल प्रमुख अर्जुन तुम्बापो आदिको उपस्थी रहेको थियो ।




