सिओल दक्षिण कोरियामा रहेका एक नेपाली कामदारको दु:खद निधन भएको छ। पर्वतको जलजला गाउँपालिका स्थायी बसोबास भएका विनोद जिसिको सनिवार हृदयघातको कारण मृत्युु भएको हो।

गत सनिवार बिहानै आफू काम गरिरहेको कम्पनी बाहिर ‘मर्निङ वाक’ गरिरहेको बेला हृदयघात भएपछि उनको निधन भयो।

विनोद छोराको रुपमा आमाबुबाका एक्ला सन्तान थिए। करिब ३ बर्ष अगाडि उनी ईपीएस भाषा उत्तीर्ण गरेर परिवारको लागि केही गर्छु भनी अठोट बोकेर कोरिया पुगेका थिए। सामान्य परिवारबाट रहेका विनोदका दुई दिदि र आफु पछिका दुई बहिनी रहेका छन्। उनको निधनको खबरले परिवारमा गहिरो धक्का परेको छ।

यतिबेला उइजम्बु हस्पिटलमा रहेको उनको पार्थिव शरीर घर पठाउने प्रक्रिया चलिरहेको जनाइएको छ।
Source:korea pati

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729