दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको अध्यक्षमा बिशन राई चुनिएका छन् । महासंघको २०२३ मे २८ आइतबार बसेको विशेष अधिवेशन बाट अध्यक्षमा बिशन राईलाई चयन गरेको हो ।
बरिस्ठ उपाध्यक्षमा शुभराज बोम्जन, उपाध्यक्षमा प्रेम लक्की शेर्पा, रित गुरुङ,देबेन्द्र काङ्भा लिम्बु चयन भएका छन् ।
यसैगरी महासचिवमा दयाराम राना, सचिवमा बुद्धि बहादुर तामाङ चुनिएका छन् । सदस्यहरुमा पासाङ बोम्जन, जवाला चौधरी, अमित चौधरी, अन्जन थापा मगर चयन भएका छन् ।
आईतबार दिउँसो भएको कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न जातीय र क्षेत्रीय संघ संस्थाका प्रतिनिधिले शुभकामना दिएका थिए ।
गैर आबासीय नेपाली संघका अध्यक्ष दीपक पुन, नेपाली राजदुताबासका तृतीय सचिव संगम खत्री, तमु धिका अध्यक्ष लेशन गुरुङ, नेपाल मगर संघका अध्यक्ष टीवी घर्ती मगर,नेपाल तामाङ घदुङका अध्यक्ष राजकुमार स्याङतान, शेर्पा संघका अध्यक्ष थुतुङ गेल्जी शेर्पा, किरात याक्थुङ चुम्लुङका अध्यक्ष दिर्ज लिम्बू लगायतका प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए ।




