नेपाल आदिबासी जनजाति महासंघ (नेफिन जापान) २०२३-२०२५ को आयोजनामा पहिलो कार्यक्रम उद्घाटन तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
गैरआवसिय नेपाली संघ (एनआरएन) जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ र नेफिन जापान अध्यक्ष शुकुमान तामाङले संयुक्त रुपमा भगवान गौतम बुद्दको प्रतिमामा खादा चढाइ बुद्द जयन्तीलाइ स्मरण गर्दै कार्यक्रमको सुरु भएको थियो । कार्यक्रममा सहभागीहरुले क्रमैसंग परिचय दिदै नेफिन जापानको बिगतको गतिबिधिबारे चर्चा गर्नुका साथै २०२३ -२०२५ कार्यसमितिहरुलाइ रचनात्मक रुपमा अगाडि बढ्न सल्लाह सुझावहरु समेत दिएका थिए । नेफिन जापानले सचिवालयका पदाधिकारीहरु संघिय परिषद र सल्लाहकारहरु र अन्य सहभागिहरुवीच परिचयात्मक कार्यक्रम संगै नेफिन सम्बद्द प्रत्येक एकल जातिय संस्थाबाट २जना सल्लाहकार र १जना संरक्षक समिति गठन गर्ने बिषयमा प्रस्ताव पेश गरेका थिए तर सबैजना उपस्थित नभएको र पुर्णता दिने सम्बन्धमा सहमति हुन नसकेकोले आगामी बैठकमा पुन छलफल गरी कार्यसमितिलाइ पुर्णता दिने नेफिन जापानका महासचिव प्रमिला राइले जानकारी दिनुभयो ।
यसैवीच हिजै रिक्त रहेको उपाध्यक्ष पदको लागि सर्वसम्मतरुपमा नेवा खल जापानबाट बिकास श्रेष्ठलाइ मनोनित गरेको छ ।हिजो शिनकोइवा स्थित माचुसिमा हिगाशी खाइखान हलमा सम्पन्न कार्यक्रममा उपस्थित सम्पुर्णलाइ थकाली सेवा समिति जापानका अध्यक्ष बुद्दि गौचनले जापानमा रहेका सम्पुर्ण आदिवासी जानजातिहरुलाइ एक ढिक्क भएर अगाडि बढ्न हौसला मिलोस भनी ब्यक्तिगत तर्फबाट पेयपदार्य र नेपाली तथा जापानी खानाका परिकारहरु पस्केर स्वागत समेत गर्नुभएको थियो । नेफिन अधिबेशनमा थकाली सेवा समिति जापान ,नेपाल मगर संघ जापान ,तमु धीं जापान,नेपाल तामाङ समाज जापान,किरात राई यायोख्खा जापान, किरात याक्थुङ चुम्लुङ जापान ,शेर्पा संघ जापान ,नेवा: खल जापान ,थारु कल्याणकारी सभा जापान ,नेपाल थामी समाज जापान गरी १०वटा एकल जातिय संस्थाहरु आबद्द रहेका छन । ति १० मध्ये नेफिन जापानमा नवीकरण गराएका ८ वटा एकल जातिय संस्थाका प्रतिनिधिहरुले मात्र १८औ महाधिबेशनमा सहभागी जनाएका थिए । महाबिशेनमा सहभागी नजनाएका तर संस्थागत रुपमा सकृय अरु दुइ एकल जातिय संस्थाहरुलाइ कसरी नेफिन जापानमा सहभागी गराउने भन्ने बारेमा अहिलेसम्म टुंगो लागेको छैन । नेफिन जापानको बिधान अनुसार कायसमितिमा रहनको लागि एकल जातिय संस्थाको आधिकारिक सिफारिस चाहिने भनिएतापनि त्यसलाइ पुर्णरुपमा पालना गर्न सकिरेहेको छैन ।
सिफारिस माग्यो सचिवालयले नियुक्ति गर्ने हो, सचिवालयबाट नाम पेश गर्यो प्रकृयागत भएन भनेर संघिय परिषद सदस्यहरुमा बुझाउन गाह्रो छ र प्रत्येक एकल जातिय संस्थाबाट अध्यक्ष महासचिव र सचिवको नाम आउनुपर्ने अझै आएको छैन कायसमितिका एक पदाधिकारीले भने । संरक्षक र सल्लाकार समिति गठन सम्बन्धमा नेफिन जापानको बिधानको दफा १३ को (ग) र (घ)मा यस्तो लेखिएको छ ।




