दक्षिण कोरिया-तामाङ भाषा, धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं भन्ने मुल नाराका साथ नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ११औं अधिवेशन मे २१ मा सिऊलमा सम्पन्न भएको छ।
अधिबेशनबाट राजकुमार स्यांङतानको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । अध्यक्षमा राजकुमार स्यांङतान, बरिष्ठ उपाध्यक्षमा राम ब.तामाङ त्यसैगरी उपाध्यक्षमा बुद्धि बहादुर स्यांङतान, प्रिती लामा,गणेश तामाङ र शुभराज बोम्जन चयन भएभने महासचिवमा फिन्जो तामाङ, सचिवमा निर योन्जन, लिला ब. तामाङ र सुरेश थोकर चयन हुदा कोषाध्यक्षमा पासाङ बोम्जन(प्रयत्न) सदस्यमा केशवमान तामाङ सर्वसम्मत चयन भएका छन्। भने संरक्षकमा पार्वती मोक्तान लाई नियुक्ती गरेका छन्।
कार्यक्रममा प्रमुख अतिथिकोरुपमा कुमार घिसिङ नेपाल तामाङ घेदुङ सङ्घीय परिषद सह अध्यक्ष उपस्थिति रहेको थियो भने अतिथिहरुको रुपमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) कोरियाका अध्यक्ष गोकुल थोकर, आदिवासी जनजाती महसंघका कार्यबाहक अध्यक्ष विसन राई, चितवन सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङ्तान, नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष किसन गौतम, वोमन फर वोमनका अध्यक्ष पार्वती मोक्तान, गण्डकी प्रदेशका अध्यक्ष प्रवीण गिरी, बाग्मती प्रदेशका अध्यक्ष वि पि पौडेल, पूर्व अध्यक्ष रवि प्रताप घिसिङ र महासचिव सुरेश थिङ, जनसम्पर्क समितिका सभापति भजेन्द्र क्षेत्री तमू धीं दक्षिण कोरियाका अध्यक्ष लेसन गुरुङ। काभ्रे सम्पर्क समिती द. कोरियाका निबर्तमान अध्यक्ष सानु लामा वाइवा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका (Fnj) उपाध्यक्ष विक्रम बज्यू र विशाल आवाजका प्रधान सम्पदक विशाल श्रेष्ठ, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो।
-जनआवाज




