नेपाल मगर संघ गणतन्त्र कोरियाको एघारौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ। दक्षिण कोरियाको राजधानी सौलमा २० मे, २०२३मा नेपाल आदिवासी जनजाती महासंघ द. कोरियाको का. बा. अध्यक्ष विसन राईको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।
सन् २००३ मा कोरियामा स्थाइ तथा अस्थाई बसोबास गर्नुहुने मगरहरुको साझा सामाजिक संस्थाको रुपमा स्थापित नेपाल मगर संघ गणतन्त्र कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको छ। संघले कोरियामा आफ्नो तीन शाखा विस्तार गरिनुको साथै विगत लामो समयदेखि सउल दोङ्देमुन, किम्हे र थेगुमा समेत सेल्टरहरु समेत समेत सञ्चालन गरेर सेवा दिईरहेको छ।
सोही साधरण सभाबाट तुल घर्ती मगरको नेतृत्वमा २१ सदस्यीय एघारौं कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।





