बिक्रम बज्यू ,दक्षिण कोरिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको नेपाली समाजमा चुनाबले महोल ततिएको छ। यसै अन्तर्गत अध्यक्ष पदमा आफ्नो आधिकारीक उम्मेदवारी दिएका बुद्धि गुरुङले कोरियामा क्रियाशील विभिन्न सामजिक, जातीय , क्षेत्रीय, पत्रकार ,विध्यार्थी एबं कोरियामा क्रियाशील युवाहरुको बाक्लो उपस्थिति विच निक ट्राभल एण्ड रेष्टुरेण्टको सभा हल बाट शनिवार आफ्नो उम्मेद्धार घोषणा गरेका हुन्।
रोजगारी,विद्यार्थी,व्यवसायी,एबम विभिन्न सिलसिलामा कोरिया बसोबास गर्ने सम्पुर्ण नेपालीहरुको प्रतिनिधित्व गर्दै सबैको समस्या बुझेर NRNA KOREA को साख जोगाउन एक सबल नेतृत्वको भुमिकामा खरो उत्रने प्रतिबद्धता जनाउदै २०२३-२०२५ NRNA KOREA को अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणा कार्यक्रममा कोरियामा क्रियाशील विभिन्न सामजिक, जातीय , क्षेत्रीय, पत्रकार ,विध्यार्थी एबं कोरियामा क्रियाशील युवाहरुको बाक्लो उपस्थिति विच निक ट्राभल एण्ड रेष्टुरेण्टको सभा हल बाट शनिवार आफ्नो उम्मेद्धार घोषणा गरेका हुन् ।
अध्यक्ष सहित उपध्यक्षमा हरी भट्टाराई ,महासचिवमा सन्तोस खाड्का र साधारण सदस्यतामा सन्जोक चौहान पनि संगै आफ्नो उम्मेद्धार घोषणा गरेका छन्। लिडर भएर उभिने मात्र हैन ,के गर्ने इस्पस्ट खाका सहित तपाई हामी माझ सफल व्यवसायी तथा कोरियाका अन्य स्थानीय निकायहरुको समेत नेतृत्व गरी सक्नु भएको अनुभवी बुद्धि गुरुङ ‘न कुनै पार्टी न कुनै वाद यसपाली NRNA मा बुद्धि गुरुङलाई साथ’ भन्ने श्लोगन सहित आफ्नो स्पस्ट एजेन्ड प्रस्तुत गरेका थिए।




