दक्षिण कोरिया – जुलाई ८-९ मा सम्पन्न हुन गईरहेको NRNA-NCC दक्षिण कोरियाको नवौ राष्ट्रीय महाधिवेशनमा अध्यक्ष पदका लागी बुद्धि गुरुङले यहीँ आउँदो मे २० शनिबार उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

न कुनै पार्टी न कुनै वाद यसपाली NRNA मा बुद्धि गुरुङलाई साथ भन्ने श्लोगन सहित निक नेपाल ट्राभल्स दोङ्देमुनको शभाहलमा हुन लागेको कार्यक्रममा आफ्नो प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गर्ने गुरुङले जानकारी दिनुभएको छ ।

लामो समय दक्षिण कोरियामा आफ्नो व्यवसाय गर्दै आउनुभएका गुरुङले दक्षिण कोरियामा नेपालीलाई पर्ने गाह्रो अफ्ट्यारोमा सहजीकरण गर्दै आईरहनु भएको छ । आगामी दिनमा केहि नयाँ योजना र प्रतिबद्धता सहित आएको हुनाले सम्पुर्णलाई उपस्थित भएर हौसला बढाईदिन अनुरोध समेत गर्नुभएको छ ।

तपशिलः
_____
मिति: २० मे २०२३, शनिबार
समय: बेलुकी ७ बजे
स्थान-निक ट्राभल एण्ड रेष्टुरेण्ट(सभा हल), दोङदेमुन
असमर्थताको लागिः ०१०-४२२७-९५५५, ०१०-५८४९-२२५७
प्रार्थी,
व्यवस्थापन तथा प्रचार प्रसार समिति २०२३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729