गेल्छिरी शेर्पा /सौल, नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिबेशन मे २८ तारिख आइतबार सौलमा हुने भएको छ ।
‘अहिलेको कार्यसमितिका अध्यक्ष ब्यक्तिगत कारण नेपाल गएको र फर्किन नसक्ने भएकाले हामीले समय अगाबै विशेष महाधिबेशन गर्न लागेका छौ ।’ महासंघको कार्यवाहक अध्यक्ष विशन राईले हिमाली सन्देशलाई भने ।
नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरिया कोरियामा रहेका बिभिन्न जातिय समुदायको साझा संस्था हो । ‘दक्षिण कोरियामा रहेका जातिय संस्थाहरुलाई हामीले मिलाएर लैजाने प्रयास गरेका छौ । यो अधिवेशनमा सबै जातिय संस्थाका साथीहरु आएर सफल पार्नु हुन्छ भन्ने हामीले विस्वास लिएका छौ ।’ महासंघका कार्यवाहक अध्यक्ष राईलेले थपे ।
अधिवेशन मे २८ तारिख बिहान ठीक ११ बजे सुरु हुने भएकोले सबै सहभागीलाई समयमै कार्यक्रम स्थलमा आउन आयोजकले आग्रह गरेको छ ।




