फुर्वा शेर्पा/ टोकियो, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान १८ औं महाधिवेशन सम्पन्न भएको छ ।टोकियोमा हिजो मार्च २६ तारिखटोकियो इइदाबासीमा सम्पन्न महाधिबेशन बागमती प्रदेश सभासद अमन कुमार मास्केको प्रमुख आतिथ्यतामा र जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर सुवेदीको विशेष आतिथ्यमा सम्पन्न भएको हो।
जनजाति महासंघमा आवद्ध १० जातीय संस्थाहरुको नेतृत्वबीच लामो छलफल पछी अध्यक्ष दावेदार चार उम्मेद्वारहरु श्री गुरुङ, शिशिर लिम्बु, रित राणा मगर र कर्मा वाङगेल लामाबीच सहमति जुट्न नसकेपछि चक्रीय प्रक्रियालाई अवलम्बन गरि अध्यक्षमा सुकुमान थिङ तामाङलाइ सर्वसम्मत रुपमा चयन गरिएको छ । महाधिबेशनले बरिष्ठ उपाध्यक्षमा श्रीभक्त गुरुङ, उपाध्यक्षहरुमा केबी शेर्पा, शिशिर लिम्बू, थानु राना मगर, र महिला उपाध्यक्षमा प्रमिला गौचन महासचिवमा प्रमिला राई, सचिवमा बालविक्रम तिगेला, कोषाध्यक्षमा कान्छा लामा (शेर्पा), प्रवक्तामा भविन्द्र कुलुङ र सदस्यहरुमा क्रमश युवराज लाओती, नरेश राई, मनिश थापा मगर चयन भएका छन भने अन्य महिला सचिव सदस्य गरि अन्य खाली ठाउँमा संघीय परिषदले मनोनित गर्ने भएको छ । त्यसैगरि अध्यक्ष प्रत्याशी हाललाई रित राना मगरलाईसल्लाहकारमा मनोनित गरेको छ । महाधिवेशनको बन्द सत्रबाट आर्थिक र प्रगति प्रतिवेदन पारित गरि नयाँ नेफिन जापान संघीय परिषद सचिवालय सर्वसहमत रूपमा थियो । कोषाध्यक्षको अनुपस्थिति रहकोले महासचिव शिशिर लिम्बुलेनै प्रस्तुत गर्नुभएको थियो । महासचिव लिम्बुले अधिबेशन खर्च समाबेश गरेर यही अप्रिल ४ तारिख एक कार्यक्रमका बीच बरबुझारत गर्ने समेत जानकारी दिनुभयो ।
नेपालमा संघीयताको बर्तमान अबस्थाबारे बहस यसैवीच नेफिन जापानले १८ औ महाधिबशेनको संघारमा नेपालमा संघीयताको बर्तमान अबस्थाबारे बहस कार्यक्रम आयोजना गरेको छ । अतिथिबक्ताहरु मानवशास्त्री डा. संग्राम सिह लामा ,मिराक अध्यक्ष लोकतान्त्रिक राष्ट्रिय मंच मा. कुमार लिङ्देन ,स्वास्थ्य मन्त्री प्रदेश नं. १का निर्मला लिम्बू ,प्रा.डा. महेन्द्र लावती ,राजनीतिक विश्लेषक डा. के.के. राई ,राजनीतिक विश्लेषक दिपक तुलाघर भाषा अधिकारकर्मी/ प्रिन्सिपल मोर्डन नेवा अंग्रेजी विद्यालय र मोफसलमा रहेर पत्रकारिता गरिरहनुभएका बरिष्ठ पत्रकार भवानी बरालले नेपालमा संघीयताको बर्तमान अबस्थाबारे आफ्नो प्रस्तुतिहरु राख्नुभएको थियो । मायाको चिनो प्रदान नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानले १८ औं महाधिवेशनकै अवसरमा संस्थालाइ हर तवरबाट सहयोग पुराउनुभएका ब्यक्तित्वहरुलाइ मायाको चिनो प्रदान गरी सम्मान गरेको छ । सम्मानित हुने ब्यक्तित्वहरुमा नेपाली समुदायको बिकास र सहयोग गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएकोमा नेपाली दुताबास टोकियोका राजदूत डाक्टर दुर्गाबहादुर सुवेदी र गैरआवसिय नेपालि संघ एनआरएन जापान रहेको छ ।
त्यस्तै नेफिन जापानले डा महाबिर पुनले संचालन गर्नुभएको राष्ट्रिय आविष्कार केन्द्र सहयोगार्थ हालै आयोजना गरेको सांस्कृतिक साँझमा आर्थिक सहयोग गर्नुभएका नेपाली समाज जापानका अध्यक्ष पेम्वा शेर्पा र पत्रकारितामार्फत सहयोग पुराउनुभएका पत्रकारहरु क्रमश नेपाल जापान डटकममा सम्पादक आनन्द कोइराला, नेपाल न्युज डटकमका प्रधान सम्पादक राजन गौतम, टेप न्युज डटकमका सम्पादक सजिना मोक्तान र आफ्नै न्युज डटकमका सम्पादक फुर्वा शेर्पा रहेका छन ।
photo-Bhabindra kulung




