नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज), दक्षिण कोरियाको तेस्रो अधिवेशन मार्च ११ शनिवार हुने भएको छ । जुम मार्फत हुने अधिवेशनमा संघीय परिषद र विभिन्न देशमा रहेको फोनिजका प्रतिनिधिले भाग लिनेछन् ।

कोरियामा फोनिजले आफ्नै अनलाइन फोनिज कोरिया संचालन गरि रहेको छ भने पत्रकारितासँगै आदिवासी जनजातिका मागहरुलाई समेत समेटेर विभिन्न काम गरिरहेको छ । ‘तीन तीन बर्षमा हुन पर्ने अधिवेशन विभिन्न कारणले हुन सकेको थिएन । कोरियामा नयाँ नयाँ साथीहरु पनि आइसक्नु भयो । विभिन्न अनलाईनमा काम गरि रहनु भएको छ । हामी बसै समेटेर यो अधिवेशनले एउटा नयाँ नेतृत्व ल्याउने छ ।’ महासंघका अध्यक्ष गोकुल थोकरले भने । संघीय कार्यसमिति नेपाल र अन्य देशका साथीभाइलाई उपयुक्त माध्यम जुम भएकोले पनि यसै मार्फत अधिवेशन गर्न लागेको उनले बताए ।

फोनिज कोरियाले दक्षिण कोरियामा संचालन गरेको अनलाईनमा कोरियामा हुने गतिविधिहरु प्रकाशन गर्दै आएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729