कोविडको विश्व महामारीपछि शेर्पा किदुग युएईले पहिलो पटक आफ्नो पहिचान सहितको राष्ट्रिय चाडपर्व ग्याल्पो ल्होसार सांस्कृतिक कार्यक्रमको तयारी गरिरहेको छ।
२१५० ग्याल्पाे लाेसार सांस्कृतिक कार्यक्रम २६ फेब्रुअरी २०२३ दिउँसो ठिक १२ बजे बाट एभरेष्ट क्लब एन्ड रेस्टुरेन्ट बर दुबई युएई सुरु हुने सस्थाको सचिब पासाङ शेर्पाले हिमाली सन्देशलाई जानकारी दिएको हो।
२१५० औं छ्यु माे ह्ये लाे ग्याल्पाे लाेसारको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालबाट कलाकारहरु गायिका डोमा ह्यल्मो, गायक तथा मोडल आरम्भा तामाङ्ग र कार्यक्रम संचालिका निमल्हेकि शेर्पाकाे साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउनको लागि युएईमा रहनुहुने सम्पूर्णलाई निमन्त्रणा गर्दै अबुधाबी बाट आवतजावतको लागि निशुल्क यातायात सेवाको समेत व्यवस्था रहेको आयोजकले बताएको छ ।




