कोरियाली नयाँ वर्ष सलनालको अवसर पारि 21 जनवरी २०२३का दिन सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले संस्थाको २०औ स्थापना दिवस अवसरमा बार्षिक साधारण सभा तथा स्मारिका विमोचन कार्यक्रम संयुक्त रूपमा गर्ने भएको हो ।

दक्षिण कोरियाको राजधानी सिउल स्थित दोङ्गदेमुनको थाई नेपाली रेष्टुरेन्टको सभालमा उक्त कार्यक्रम गर्ने तयारी गरिएको संस्थाका अध्यक्ष राजु राईले जानकारी गराए । यस स्मारिका पुस्तकमा संस्थाको सुरुवाती चरण देखि अहिलेसम्मका संस्थाले गर्दैआएका सामाजिक गतिबिधिहरु समेटि सोलुखुम्बुजिल्लाको आन्तरिक पर्यटन प्रवर्द्धन,गर्ने उदेश्यका साथ सोलुखुम्बु जिल्ला भित्रका १ नगरपालिका र ७ गाँउपालिकामा रहेका धार्मिक, साँस्कृतिक ऎतिहाँसिक स्थलको लेख तथा रचनाहरुलाई समेत समेटिएको संस्थाको अध्यक्ष राजु राईले हिमाली सन्देशलाई जानकारी दिनु भयो।

सस्थाले विश्वको सर्वोच्च शिखर सगरमाथा दिवसको अवसर पारि खुल्ला अनलाइन लेख तथा रचना प्रतिस्पर्धात्मक कार्यक्रम बाट उत्कृष्ट भएका लेख तथा रचनाहरुलाई स्मारिकामा समेटिएको छ । सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले सस्थाको बार्षिक साधारण सभा, स्मारिका पुस्तक विमोचन, विधान संसोधन र अन्त्यमा सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समेत रहने भएको जनाउदै दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण बुद्धिजीवी , व्यवसायी ,विद्यार्थी, श्रमजीवी तथा सोलुखुम्बु वासि सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थिक्तिको निम्ति सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको तर्फबाट सचीव वसन्त नाछिरिङले अनुरोध गर्नु भएकोछ।

कार्यक्रम २१ जनवरी २०२३ १२ बजे गर्ने गरि संस्था तयारीमा जुटेको जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729