फुर्वा शेर्पा/ टोकियो, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको चौथो अधिवेशन तथा फोनिज जापान स्थापनाको गरिमामय ७ बर्ष पूरा गरी ८ औँ बर्ष प्रवेश गरेको अवसरमा प्रकाशित “फोनिज आवाज” स्मारिकाको विमोचन कार्यक्रम एकै साथ गर्ने भएको छ ।

नेपाल जापान तथा अन्य देशमा रहेका बौद्धिक ब्यक्तित्वहरुको लेख, रचना, बिचार तथा शुभकामना सहित जापानमा रहेका एकल जातिय संस्थाहरुको संस्थागत प्रोफाइल, र जनजाति कलाकारहरूलाई नेपाली कला, साहित्य र गीत संगीतको क्षेत्रमा लाग्न हौसला मिलोस् भन्ने उद्देश्यले जनजाति कलाकारहरूको प्रोफाइल स्मारिकामा समेटिएको फोनिज जापानले जनाएको छ ।

३ सेप्टेम्बर २०२३ (भदौ १७ गते ) आइतबार बिहान ११:३० बजे ( जापानी समय)मा Kathmandu lounge & Bar (नेवा डाइनिङ) मा हुन गइरहेको कार्यक्रममा जनजाति पत्रकारहरूको संङ्गठन फोनिज जापानद्धारा प्रकाशित स्मारिका विमोचन कार्यक्रममा यहाँको अभिभावकत्व र महत्वपूर्ण विचार विमर्शका साथै कार्यक्रममा सरिक भई स्मारिकाको विमोचनको शुभ मूहुर्त गरिदिनुहुन समेत फोनिज जापानले अनुरोध गरेको छ ।

यसैबीज जापानमा रहेका आदिवासी जनजाति पत्रकारहरुलाइ फोनिजमा आबद्द गराउने उद्देश्यका साथ सदस्यता आह्वान गरेको छ ।आवस्यक मापदण्ड पुरा गरेका जनजाति पत्रकारहरुले यथासाक्य चाँढो आफ्नो काग़ज़ात र शुल्क फुरीकोमी गर्न फोनिज जापानले अनुरोध गरेको छ ।

आवस्यक कागजातहरु

नविकरणको लागि
१-अघिल्लो वर्षमा प्रकाशित/प्रसारित समाचार सामग्रीको प्रतिलिपि वा
लिंक
२-शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि
३-नागरिकता प्रमाणपत्र प्रतिलिपि
नयाँ सदस्यताको लागि
१-शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि
२-आबद्द मिडिया सिफारिस
३-नागरिकता प्रमाणपत्र प्रतिलिपि

फुर्वा शेर्पा (अध्यक्ष)-080-9047-3348
सजिना मोक्तान (सचिव ) 070 1573 7023
श्याम मगर (कोषाध्यक्ष)070-4795-2300
Email -fonijjapan86@gmail.com

बैक खाता नं セルパ フルバ 10280-55837911

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729