Spread the love

निनाम लोवात्ती– अमेरिकाको न्यु योर्कबाट प्रकाशित हुने ‘द न्यु योर्क टाईम्स’ नामक पत्रिकाले सन् २०२४ मा विश्वका घुम्नैपर्ने देशमा नेपाललाई पनि राखेको छ । अझ प्रस्टसँग भन्नु पर्दा नपालको पनि माथिल्लो मुस्ताङ क्षेत्रलाई त्यसरी सन् २०२४ (हालको चालू वर्ष) मा विश्वको घुम्नैपर्ने सूचीमा राखेको हो । हुन पनि आर्थिक वर्ष २०७९/०८० मा ७१ हजार ७०७ विदेशी पर्यटकले मुस्ताङ जिल्ला विभिन्न क्षेत्रको भ्रमण गरेका छन् । स्मरण रहोस्‌‚ आर्थिक २०७८/०७९ मा चाहिँ ३८ हजार ८९६ विदेशी पर्यटकले मात्रै मुस्ताङ जिल्लाको विभिन्न क्षेत्रको भ्रमण गरेको तथ्यांक रहेको छ । समाचारअनुसार जनाईएअनुसार आर्थिक वर्ष आर्थिक २०७८/०७९ मा समग्र मुस्ताङ जिल्लामा भ्रमण गर्न आएका विदेशी पर्यटकहरुको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा ४५ दशमलब ७५ प्रतिशतले तथ्यांकगत रुपमा बढी रहेको देखिन्छ ।

त्यस्तै गरेर सन् २०२३ मा पनि अमेरिकाबाट प्रशारण हुने टेलीभिजन संस्था सिएनएनले विश्वभरिका विभिन्न स्थनमा घुम्नैपर्ने भनी सूचीकृत गरेको विश्वका उत्कृष्ट २३ स्थानहरुमा हाम्रो देश नेपालको माथिल्लो मुस्ताङ क्षेत्र परेको थियो । यसरी हेर्दा विश्वकै प्रसिद्ध र विश्वासिलो समाचार संस्था–प्रकाशन गृहहरुले लगातार रुपमा विश्वका घुम्नैपर्ने ठाऊँ–देशका रुपमा हाम्रो देश नेपालको माथिल्लो मुस्ताङ क्षेत्रलाई पाुर्न–सुूचीकृचत गर्नु भनेको हाम्रा लागि गौरवको कुरो हो ।

जे होस्‌‚ अब लागौं सन् २०२३ मा विश्वका कुनकुन ठाऊँहरु विश्वको घुम्नैपर्ने सूचीमा परेका थिए ? भन्ने त्यसम्बन्धमा जानकारी लिनेतफर् । विश्वको पहिलो गन्तव्यस्थलमा परेको स्थान चाहिँ अष्ट्रेलियाको पश्चिमी क्षेत्रमा पर्ने ‘निगालु पेनिन्सुला’ रहेको थियो । त्यस्तै सन् २०२३ मा विश्वमा घुम्नैपर्ने दोस्रो गन्तव्यस्थलमा पूर्वी युरोपमा पर्ने पोल्यान्डको राजधानी वार्सामा रहेको ‘बुटिक होटेल’ रहेको थियो । जुन होटलको नाम “होटल भर्टे” रहेको छ । स्मरणीय छ‚ पोल्यान्डको सो होटलको ढोका ‘गिल्डेड’ अर्थात् सुनको रहेको छ भने सो होटल गत अगस्ट (सन् २०२२) मा खोलिएको नयाँ भएको जनाईएको छ । जुन होटल ‘अटोग्राफ प्रपर्टी’को रुपमा पनि रहेको छ । त्यस्तै सन् २०२३ मा घुम्नैपर्ने तेस्रो गन्तव्यस्थलमा इङल्यान्डको लिभरपुल रहेको थियो । त्यस्तै गरेर चौथो गन्तव्यस्थलमा अमेरिकाको साउथ क्यारोलिना राज्यको सार्लेटान–चालर्ेटोन सहर परेको थियो भने सन् २०२३ मा घुम्नैपर्ने पाँचौं गन्तव्यस्थलमा चाहिँ लिथुआनियको राजधानी भिलनिअस–बिनियुस परेको थियो । उता सन् २०२३ मा घुम्नैपर्ने छैठौं गन्तव्यस्थलमा सयौं साना ठूला समुन्द्री टापु रहेको सानो देश फिजी परेको थियो भने सन् २०२३ मा घुम्नैपर्ने सातौं गन्तव्यस्थलमा ब्राजिलको अमेजन क्षेत्रमा पर्ने मानाउस परेको थियो । त्यस्तै गरेर सन् २०२३ मा घुम्नैपर्ने आठौं गन्तव्यस्थलमा ग्रिसको दोस्रो ठूलो सहर थेसालोनिकी–देसालोनिकी परेको थियो । उता सन् २०२३ मा विश्वमा घुम्नैपर्ने नवौं गन्तव्यस्थल चाहिँ अफ्रिका महादेशको रुवान्डाको एक होटल ‘सेक्सानसियो रुवान्डा’ परेको थियो । जुन होटल अफ्रिका महादेशकै ठूलो ताल ‘किभ–ुकिवु’ मा अवस्थित रहेको छ भने सन् २०२३ मा घुम्नैपर्ने १० औं गन्तव्यस्थलमा स्वीडेनको दोस्रो ठूलो सहर ‘गोथेन बर्ग’ परेको थियो । त्यस्तै गरेर सन् २०२३ मा घुम्नैपर्ने ११ औं गन्तव्यस्थलमा युनाईटेड अरब इमिरेट्स (युएई) को ‘रस अल–कैमाह’ परेको थियो ।

सिएनएनको सन् २०२३ मा घुम्नैपर्ने सूचीको १२ औं गन्तव्यस्थलमा एसिया महादेशको लाओस परेको थियो । त्यस्तै गरेर सन् २०२३ मा घुम्नैपर्ने १३ औं गन्तव्यस्थलमा स्वीटजरल्यान्डको ‘ग्रुयेँरेस–गु्रईएरेस’ परेको थियो । जुन ठाउँ विश्वको उत्कृष्ट चिज उत्पादन हुने क्षेत्र पनि हो भने सन् २०२३ मा घुम्नैपर्ने १४ औं गन्तव्यस्थमा अमेरिकाकै मिनोसेटा राज्यको मिनिअपोलिसमा रहेको एक ‘आदिवासी रेस्टुरेन्ट’ परेको थिया । स्मरणीय के छ भने सो रेस्टुरेन्टमा आदिवासीका खाना (परिकार) हरु मात्रै उपलब्ध गराईन्छ । उता सन् २०२३ मा घुम्नैपर्ने १५ औं गन्तव्यस्थल चाहिँ दक्षिण अमेरिकी देश कोलम्बियाको राजधानी बोगोटा परेको थियो । त्यस्तै सन् २०२३ मा घुम्नैपर्ने १६ औं गन्तव्यस्थल चाहिँ हाम्रै देश नेपालको ‘मुस्ताङ’ परेको थियो‚ जुन कुरो माथि नै पनि उल्लेख भएको छ । सन् २०२३ मा घुम्नैपर्ने १७ औं गन्तव्यस्थमा चाहिँ अफ्रिका महादेशमा रहेको तान्जानिया परेको थियो । त्यस्तै गरेर सन् २०२३ विश्वमा घुर्म्नैपर्ने १८ औं गन्तव्यस्थल इजिप्टको राजधानी कायरो परेको थियो । उता विश्वमा घुम्नैपर्ने १९ औं गन्तव्यस्थलमा जापानको ‘नओसिमा सहर’ परेको थियो भनेदेखि सन् २०२३ मा विश्वको घुम्नैपर्ने २० औं गन्तव्यस्थलमा बेलिज परेको थियो । त्यस्तै गरेर सन् २०२३ मा घुम्नैपर्ने २१ औं गन्तव्यस्थलमा उत्तर अमेरिकी महादेशको मेक्सिाेको ‘ओक्साका सहर’ परेको थियो भने सन् २०२३ मा विश्वमा घुम्नैपर्ने २२ औं गन्तव्यस्लमा चाहिँ क्यानाडाको ओटावा सहर परेको थियो । त्यसतै गरेर सन् २०२३ मा घुम्नैपर्ने गन्तव्यस्थलको २३ औं स्थानमा अफि्रकाको युगान्डा परेको थियो ।

यसरी हेर्दाखेरि सन् २०२३ र सन् २०२४ मा लगातार रुपमा विश्वको घुम्नैपर्ने गन्तव्यस्थलमा परेको नेपालको मुस्ताङ जिल्लाको माथिल्लो भेग किन घरिघरि विश्वको घुम्नैपर्ने गन्तव्यस्थलमा परिरहन्छ ? यो नै महत्वपूर्ण प्रश्न हो । हो‚ यसरी हेर्दा विश्वको घुम्नैपर्ने गन्तव्यस्थलमा नेपालको मुस्ताङ जिल्लाको माथिल्लो भेग विश्वको घुम्नैपर्ने गन्तव्यस्थलमा परिरहन्छ त ? भन्ने प्रश्नको जवाफमा दिनु पर्दाखेरि माथिल्लो मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतमा पाईने मानिसहरुको जीवन शैली‚ रहनसहन‚ कृषि कर्म गर्ने तरिका‚ पशुपालन गर्ने शैली‚ तिब्बती मानिस र माथिल्लो मुस्ताङका वासिन्दाहरुको वेषभुषा‚ भाषा‚ धर्म‚ चाडपर्व‚ भूगोल‚ संस्कार‚ संस्कृति‚ रहनसहन‚ दोहोरो विवाहवारी‚ आदि मिल्नु वा भनौं मिलदोजुल्दो हुनु पनि अनेकौं हकारणहरुमध्ये एक कारण हुन सक्छ । त्यस्तै गरेर चीन सरकारले तिब्बत भ्रमण गर्नका लागि अनुमति दिने क्रममा विदेशी पर्यटकहरुलाई अलि बढी नै सलामी दस्तुर तोक्ने‚ लिने गरेको छ । अझ कोरोना महामारुकालमा त चीन सरकारले आफ्‌नो स्वशासित क्षेत्र तिब्बतको भ्रमण गर्नका लागि विदेशी पर्यटकहरुलाई अनुमतिपत्र नै पनि जारी गरेन ।

खासमा कागबेनी‚ मुक्तिनाथ‚ चराङ‚ समर‚ घमी‚ छुसाङ‚ छोसेर आदि जस्ता प्राचीन‚ पुरातात्विक र ऐतिहासिक मानव वस्तीहरु माथिल्लो मुस्ताङ रहनू पनि विदेशीहरुको आकर्षण केन्द्रका रुपमा रहने गरेको छ । अझ त्यसमा पनि मानव विकास क्रमबारे खोज‚ अनुसन्धान र अध्ययन गर्न चाहनेहरुलाई माथिल्लो मुस्ताङको माथिल्लो भेगका वस्तीहरु आकर्षणका केन्द्र नै हुन् । हुन पनि माथिल्लो मुस्ताङका अनेकौं नामहरु रहेका छन् । जस्तै ‘ल्हो मन्थाङ‚ लो मन्थाङ‚ फोरबिड्डन किङ्डोम‚ लस्ट किङडोम‚ हिडेन किङ्डोम‚ मडसिटी‚ लस्ट किङ्डोम‚ अप्पर मुस्ताङ‚’ आदि नामहरु रहेका छन् । नेपालका केही हिमाली जिल्ला जस्तै निषेधित क्षेत्र घोषणा गरिएको मुस्ताङको माथिल्लो भेग विदेशी पर्यटकका लागि भ्रमण गर्न खुल्ला गरिएपछि पहिलो वर्ष (सन् १९९२ मा) चारसय ८३ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए । त्यसपछि माथिल्लो मुस्ताङ जाने पर्यटकहरुको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा चार अंक पुग्यो । अर्थात् सन् १९९९ मा माथिल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १‚०६६ जना पुग्यो । तर दूर्भाग्य के भने‚ माथिल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बढ्ने क्रम लामो समयसम्म जारी रहन सकेन ।

जे भए तापनि पछिल्लो पटक (सन् २०२३ र सन् २०२४ मा) लगातार रुपमा विश्वको घुम्नैपर्ने विभिन्न उत्कृष्ट गन्तव्यस्थलमा परेको नेपालको माथिल्लो मुस्ताङमा कागबेनी‚ मुक्तिनाथ चराङ‚ समर‚ घमी‚ छुसाङ‚ छोसेर आदि जस्ता प्राचीन वस्तीहरु रहेको छ पनि हो । हुन पनि माथिल्लो मुस्ताङ जिल्लाको माथिल्लो भेगमा किन विदेशी पर्यटकहरु अझ त्यसमा पनि पश्चिमी देशका पर्यटकहरु माथिल्लो मुस्ताङ भ्रमण गर्न चाहन्छन्‌‚ भन्दाखेरि चीनको तिब्बती क्षेत्रमा पाईने जीवन शैली रहनसहन‚ कृषि कर्म गर्ने तरिका‚ पशुपालन गर्ने शैली‚ तिब्बती मानिसहरु र माथिल्लो मुस्ताङका वासिन्दाहरुको वेषभुषा‚ भाषा‚ चाडपर्व‚ भूगोल‚ संस्कार‚ संस्कृति मिल्नु र एक आपस्तमा उनीहरुबीच विवाहवारी चल्नु‚ गर्नु पनि समानता पाईन्छ । त्यस्तै गरेर चीन सरकारले आफ्‌नो स्वशासित क्षेत्र तिब्बतको भ्रमण चाहने विदेशी पर्यटकहरुलाई अलि बढी नै सलामी दस्तुर तोक्ने गरेको‚ तोकेको हुनाले पनि र‚ तिब्बततफर्बाट अन्य खर्चहरु थपिने हुनाले अझ भएन‚त्यसमा नेपालीहरु स्टाफहरु जस्तो तिब्बती स्टाफहरु मिलनसार र सहयोगी पनि नहुने हुनाले गर्दा अधिकांश विदेशी पर्यटकहरु नेपालको बाटो भएर‚ नेपाली स्टाफहरु हायर गरेर लाने गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729