काठमाण्डौँ ; शेर्पा पर्यटन व्यावसायीको छाता संगठन शेर्पा पर्यटन व्यावसायी संघ नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शेर्पा पर्यटन व्यावसायीहरुको हक, हित र अधिकारलाई स्थापित गर्दै पर्यटन क्षेत्रका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आई रहेको संघको साधारण सभा राजधानीमा एक विशेष कार्यक्रमको वीच सम्पन्न भएको हो । बागमती प्रदेशका पूर्व स्वास्थ मन्त्री ङिमा लामाले शेर्पा समुदायको पर्यटन क्षेत्रमा पु¥याएको योगदानको सम्मान गर्दै आगामी दिनमा आयोजना गर्ने कार्यक्रममा सहकार्य गर्दै अघि बढ्नु पर्नेमा जोढ दिनु भयो । कार्यक्रममा सम्बोधन गर्दै पूर्व मन्त्री लामाले नेपालको हिमाली क्षेत्र जोखिमपूर्ण क्षेत्र रहेको र पछिल्लो समय जलवायु परिवर्तनले अझ बढी जोखिम भनाएको र यसका लागि सरोकारवाला सबैले चासो लिनु पर्ने विषय भएको बताउनु भयो ।

कार्यक्रममा संबिधान सभा सदस्य आङ दावा शेर्पा, खिजिदेम्बा गाउपालिका अध्यक्षा गाम्बु शेर्पा, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा, नेपाल माउटेन एकेडेमीका पूर्व अध्यक्ष लाम्पा फुटी शेर्पा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य आङ गेलु शेर्पा, शेर्पा पर्यटन व्यावसायी संघका संस्थापक अधयक्ष लगायत पर्यटन विज्ञाहरुले संबोधन गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै शेर्पा पर्यटन व्यावसायी संघका अध्यक्ष पेम्बा शेर्पा (संगम) ले नेपालको पर्यटन क्षेत्रमा शेर्पा समुदायको योगदान उलेख्य रेहेको भएता पनि राज्य तर्फबाट यसको मुल्यंकन हुन नसकेको वताउनु भयो । साथै शेर्पा पर्यटन व्यावसायीले पूर्वधारका क्षेत्रमा समेत लगानी गर्र्नु पर्ने आवाश्यक्त रहेको पनि वताउनु भयो ।

साधारण सभाबाट महासचिवको कार्य प्रगति प्रतिवेदन र कोषअध्यक्षबाट कोषको प्रतिवेदनमाथी बृहत छलफल गरी पारित गरिएको थियो भने विधान संसोधन समितिले प्रतुस गरिको संसोधित विधानलाई समेत पारित गरिएको छ ।

source:indigenous voice

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729