
सोलुखुम्बु : संसारकै प्रमुख पर्यटकीय गन्तव्य मानिने सोलुुखुम्बुको खुम्बु क्षेत्रमा ‘पर्यटकीय मौसम’ सुरु भएसँगै व्यववसायी उत्साहित बनेका छन् । असोज लागेसँगै खुम्बुका पर्यटन व्यवसायी पर्यटकको आगमनले उत्साहित भएका हुन्।
पछिल्लो समय आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकको चाप बढ्न थालेकाले आफुहरू उत्साहित भएको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताउँनुभयो । खुम्बुमा भदौ अन्तिमदेखि कात्तिकसम्म पर्यटकीय मौसम मानिन्छ ।

गत वर्ष मौसम प्रतिकुलताका कारण सिजनको सुरुमा पर्यटक आवागमन खुम्चिएको भएपनि यस वर्ष मौसम अनुकल हुदा सुरुवातै चरणबाटै पर्यटक बढ्न थालेकाले व्यवसायीहरू खुसी भएको लुक्लाका तेम्बा शेर्पाको भनाइ छ । सिजनको सुरुवाती चरणको पर्यटकलाई हेर्ने हो भने यसवर्ष तीन गुणाले पर्यटन भित्रिने आशा व्यवसायीमा छ । हाल आन्तरिक तथा बाह्य पर्यटक गरी दैनिक २ सय देखि ३ जनाको हराहरीमा खुम्बु भित्रिने गरेकोे गाउँपालिकाले जनाएको छ ।
-Solu FM