काठमाडौं। संचारकर्मी फुर्पा शेर्पाले रसियामा रहेको युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) को सफल आरोहण गरेकी छिन।

शेर्पा आइतबार बिहान स्थानीय समयअनुसार ६ः१५ बजे माउन्ट एल्ब्रस हिमालको शिखरमा पुग्न  सफल भएकी हुन् । उनि एल्ब्रस हिमालको किर्तिमानी नेपाली माउन्टेन गाइड तथा आरोही चतुर तामाङको सहयोगमा चढ्न सफल भएकी हुन्।

नेपालको हिमाल सम्बन्धी समाचार सम्प्रेषण गर्ने क्रममा उनलाई आरोहण प्रती चासो बढ्को शेर्पाले बताइन् । ‘हिमाल चढ्ने काम जोखिम रहेछ, गाईड चतुर तामाङ दाईको हौसलाले चढ्न सफल भए’, उनले खुशी व्यक्त गर्दै भनिन्।

शेर्पाले आफ्नो आरोहण नेपाली पत्रकारहरु र महिलाहरुलाइ समर्पित गर्न चाहेको बताइन्। शेर्पा कर्पोरेट नेपालमा पर्यटन सम्बन्धी समाचार लेख्दै आएकी छिन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729