0Shares

सोलुखुम्बु :  नेपाली सेनाले यस वर्ष सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा सगरमाथाको आरोहण गरी फर्कने क्रममा बिरामी भएका तीनसहित चार जनालाई थप उपचारका लागि भारत लगिएको छ ।

हिमाल आरोहणका क्रममा उद्धार गरिएका चार जनालाई थप उपचारका लागि मंगलबार भारतको नयाँ दिल्लीस्थित आर एण्ड आर अस्पतालमा पठाइएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।  सगरमाथाको दोस्रो आधार शिविरमा म्यानेजर तथा कुकको जिम्मेवारीमा रहेका ओखलढुङ्गा निवासी शेर्पा सरदार आङकाजी शेर्पाको सब अन्त्येष्टि गर्नुअघि बौद्ध गुम्बामा धार्मिक परम्पराअनुरुप १४ जना लामा गुरुद्वारा शान्ति पाठ गरिएको छ ।

यस पटकको सफा हिमाल अभियानमा लक्ष्यभन्दा बढी नै फोहर सङ्कलन भएको प्रवक्ता भण्डारीले बताए । यस पटक ३५ टनको लक्ष्य थियो ।सङ्कलित फोहरमध्ये कुहिने फोहर त्यसै क्षेत्रमा व्यवस्थापन गरिने छ भने नकुहिने फोहर काठमाडौँ ल्याइने छ । पूर्वनिर्धारित कार्यक्रमअनुरुप उपलब्ध साधन स्रोत र खर्चका आधारमा सङ्कलित फोहर व्यवस्थापन गरिने छ ।
अभियानमा संलग्न प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको टोली सगरमाथा आधार शिविरमा रहेको टोली फोहर सङ्कलनको काम सकेर फर्कने क्रममा छ । त्यहाँ सङ्कलन फोहर सेवा प्रदायक कम्पनीले हवाई साधन र अरु साधनको प्रयोग गरी नजिकको विमानस्थलमा पु¥याउने र त्यसपछि आवश्यकताका आधारमा सडक  र हवाई यातायातमार्फत काठमाडौँमा ल्याइने छ । विश्व वातावरण दिवसका अवसरमा जुन ५ मा औपचारिक कार्यक्रम गरी अभियानको समापन हुनेछ ।

-SoluFM

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729