दावा जाङबु शेर्पा खिजी-देम्बा जनता समाजवादी पार्टीको तर्फबाट खिजीदेम्बा गाउँ पालिकाको अध्यक्ष लागि उम्मेदवारी दिएका गम्बु शेर्पाले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।प्रत्येक दिन शेर्पा स्थानीयको घर,टोलमा गएर आफुलाई जिताउन आग्रह गरिराखेका छन् ।
खिजीदेम्बा गाउँपालिका क्षेत्रको राम्रो ज्ञान भएका शेर्पाले यस खिजी देम्बा गाउँ पालिकालाई पर्याप्त मात्रामा बिकास गर्न सकिने बताउँछन् ।शैक्षिक गुणस्तर बढाएर यहाँका शिक्षित युवाहरुलाई यहाँ नै रोजगारी दिने ब्यबस्था मिलाइने देखि स्वस्थ्य ,शिक्षा ,खानेपानी ,पर्यटन ,फोहोरमैला ब्यबस्थापन गर्ने जस्ता योजना लिएर उनी स्थानीयको मन जितिराखेका छन् ।यस गाउँ पालिकामा धेरै माझ चिरपरिचित बनेका उनले खिजीदेम्बा गाउँपालिकामा प्राकृतिक विपत्ति साह्रै गाह्रो परेको बेलामा २ करोडौं भन्दा माथि सहयोग गरिसकेका छन् ।विभिन्न सामाजिक क्षेत्रमा काम गरिसकेका जसपा १ नम्बर प्रदेश समिति सदस्य समेत रहेका शेर्पा पार्टी सङ्गठनमा जुझारु युवा नेताको रुपमा चिनिन्छ्न।
गम्बु शेर्पा दर्जनौं शेर्पा संघसंस्थाका अध्यक्ष महासचिव सल्लाहकार समेत भई सकेका छन् ।स्थानीयलाई समस्या पर्दा तत्काल सहयोग गर्न पुग्ने उनलाई गाउँपालिकाको अध्यक्ष रुपमा हेर्न चाहेको स्थानीय बताउँछन्




