सिन्धुपाल्चोक निवासी पेम्बा शेर्पालाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद सदस्यमा मनोनीत गरेको छ। नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सामाजिक समावेशीकरण शाखाले शेर्पालाई सदस्यमा मनोनीत गरेको हो ।

मन्त्रालयद्वारा जारी गरिएको पत्र नं. ०८१।८२० अनुसार, नेपाल संवत् ११४५ तछलागा आटमी, अर्थात् २०८२ साल असार ४ गतेको मितिमा, शेर्पालाई प्रतिष्ठान ऐन, २०५८ को दफा ७ को उपदफा १ (ढ) बमोजिम मनोनीत गरिएको उल्लेख गरिएको छ। २०८२ जेष्ठ ३० गतेको मन्त्रीस्तरीय निर्णयबाट मनोनित गरेको हो

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान प्रधानमन्त्रीको अध्यक्षता र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहअध्यक्षमा सञ्चालन हुने उच्चस्तरीय निकाय हो । प्रतिष्ठानले आदिवासी जनजातिहरूको हक, अधिकार, संरक्षण तथा समावेशीताको सुनिश्चितताका लागि नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयनसम्मको भूमिका निर्वाह गर्दै आएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729