काठमाडौं । आउदो २०७९ साल बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका प्रदेश परिसद सदस्य तथा गोकर्णेश्वर नगर इन्चार्ज पेमाछिरी शेर्पा नगरपालिका प्रमुखमा उम्मेदवार बन्ने चर्चा अहिले सर्बत्र चलेको छ।

स्वच्छ छवि र इमानदार नेताको पहिचान बनाएका समाजसेवी तथा युवा नेता शेर्पा पार्टीको संगठन विस्तार र निर्माणमा जुझारु देखिएका छन् । विभिन्न संघ संस्थामा रहेर समाजसेवा र विकास निर्माणमा योगदान पुर्याउदै आएका उनी हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका पूर्व अध्यक्ष, शेर्पा मुक्ति मोर्चाका पूर्व अध्यक्ष, नेपाल शेर्पा संघका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन । भेनस नेशनल कलेजका अध्यक्ष शेर्पा भेनस पब्लिक स्कुलको फाउण्डर चेयरमेन हुन् भने लायन्स क्लब अन्तर्राष्ट्रियका साथै विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई समाजसेवाका क्षेत्रमा उल्लेख्य काम गरेका शेर्पा विपुल शिक्षा निकेतनका समेत अध्यक्ष हुन । उनी नेपाल लिडर्स बहुउदेश्यीय सहकारी संस्था लिमिटेड तथा मार्टका पनि अध्यक्ष हुन ।

व्यक्तिगत लाभका लागि उम्मेदवार बन्न लागेको नभई विगतमा आफुले गरेका कामको मूल्याङ्कन गरेर पार्टीका साथीहरूदेखि वडावासीहरूले उम्मेदवार बन्न प्रेरित गरिरहेको उनि बताउछन।

पार्टीले बिश्वास गरेर नगर प्रमुखको उम्मेदवार बनाएमा आफुले जित्ने दरिलो आधार रहेको भन्दै गोकर्णेश्वरको विकास र नगरवासीको हितमा काम गरि गोकर्णेश्वर नगरपालिकालाई लाई देशकै उत्कृष्ठ नगरपालिका बनाउने सोच रहेको शेर्पा बताउछन् ।

जसको नीति उसकै नेतृत्व भए मात्र विकासले सार्थकता पाउने भएकोले स्थानीय क्षेत्रको विकासका लागि स्थानीय निकायमा पनि माओवादीकै नेतृत्व हुनु पर्ने धारणा राख्दै उनले देश विकासको लागि परिवर्तन ल्याउने पार्टी माओवादी नै भएको ठोकुवा गरेका छन । आधुनिक र विकसित नेपाल बनाउने जिम्मेवारी पनि माओवादी माथि रहेको बताउदै जसको नीति उसकै नेतृत्व भए मात्र विकासले सार्थकता पाउने भएकोले स्थानीय क्षेत्रको विकासका लागि स्थानीय निकायमा पनि माओवादीकै नेतृत्व हुनुपर्नेमा शेर्पाले जोड दिएका छन । शेर्पाले गोकर्णेश्वर नगरपालिकामा सबै वर्ग क्षेत्रलाई समेटेर समुचित विकास गर्नका लागि माओवादीको जित आवश्यक देखिएको बताउँदै पार्टीले दिने जिम्मेवारी स्वीकार गरेर गोकर्णेश्वर नगरपालिकाको विकास र नगरवासीको हितमा काम गर्न आफु प्रतिबद्ध रहेको बताएका छन ।

बि सं २०२८ असोज १५ मा भोजपुरमा जन्मेका शेर्पाको बाल्यकाल भोजपुरमा नै बितेको थियो। उनले भोजपुरबाटै बिद्यालय तहको पढाई सकेका हुन्। बिद्यालय तहको पढाई सकेर उनले एम.ए सम्मको शिक्षा हासिल गरे।

शिक्षाले नै समाज र देशको मुहार फेर्न सक्छ, त्यो कुराको बोध शेर्पालाई राम्ररी थियो, त्यसैले उनले शिक्षामा हात हाले। शिक्षामा सबैको पहुँच हुनुपर्छ र कोहिपनि शिक्षाबाट बन्चित हुनु हुँदैन भनेर उनले न्युन पैसामा गुणस्तर शिक्षा प्रदान गर्न भेनस पब्लिक स्कुल र कलेजको सुरुवात गरे। अहिले यी शैक्षिक संस्थानले हजारौं बालबालिकालाई शिक्षाको ज्योति प्रदान गर्दै छ। शेर्पा बिपुल शिक्षा निकेतनका समेत अध्यक्ष हुन् ।

पेमा छिरि शेर्पा नेपाल लिडर्स बहुउदेश्यीय सहकारी संस्था लिमिटेड तथा मार्टका अध्यक्ष समेत हुन्।

पेमा छिरि शेर्पा नाम धेरैले नेपाल शेर्पा संघको मध्यमबाट थाहा पाए। ३० भन्दा धेरै देशमा शाखा भएको यस संस्थामा शेर्पाले केन्द्रीय अध्यक्षको पदमा रहेर शेर्पा समुदायको हितको निम्ति काम गरेका थिए।

उनले हिमालयन शेर्पा साँस्कृतिक केन्द्र र शेर्पा मुक्ति मोर्चाको अध्यक्ष समेत भएर काम गरेका छन्।
शेर्पाले पचास भन्दा धेरै देशको भ्रमण गरेका छन्। ति देशको व्यवस्थाको बारेमा जानेका बुझेका पनि छन्। नेपालमै अथाहा सम्भावना हुँदा हुँदैपनि देशले सोँचेको जति विकास गर्न सकेन र राजनैतिक स्थिरता देशमा भएन भनेर दुख मान्छन पेमाछिरि शेर्पा, गोकर्णेश्वर नगर प्रमुखका रुपमा पेमाछिरि शेर्पालाई हेर्न चाहेको यसै क्षेत्रका स्थानीयहरु समेत बताउछन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729