जनता समाजबादी पार्टीको प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले आउँदो आइतबार अधिवेशन गर्ने भएको छ । गत महिना भएको समाजको पदाधिकारीको बैठकले सो निर्णय गरेको थियो । अधिवेशनमा प्रमुख अतिथीका रुपमा जसपा पार्टीका वरिष्ठ नेता अशोक कुमार राई रहने पनि समाजले जनाएको छ ।

‘हामीले गर्ने अधिवेशनले कोरियामा रहेका सबै साथीभाइलाई हाम्रो अभियानमा समेट्न सहयोग गर्नेछ भन्ने विस्वास लिएका छौं । त्यसैले यो पहिलो अधिवेशनमा सहभागि हुन सबैलाई आग्रह गर्छौ ।’ समाजका अध्यक्ष दर्पण गुरुङले भने ।

दोङ्देमुनको निक ट्राभल्समा हुने अधिबेशनमा कोरियामा रहेर सामाजिक क्षेत्रमा सक्रिय तथा ख्यातीप्राप्त सामाजिक अभियान्ता र संगठनमा आवद्ध संरक्षक, सल्लाहकारहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको आयोजकले बताएको छ । तत्कालीन अबस्थामा दुई संगठन एकता गर्नुपर्ने भएकोले पदाधिकारी संख्या बढि गरिएको भएतापनि यस अधिबेशन बाट पदाधिकारी संख्या ९ जना र केन्द्रिय समिती आवश्यकता अनुसार रहने गरि आबस्यक तयारी गरिएको पनि समाजले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729