0Shares

सोलुखुम्बु :  सगरमाथा हिमपहिरोमा परि मुत्यु भएहरुको शव निकाल्ने  प्रयास आज पनि असफल भएको छ । आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका उनीहरू खुम्बु आइसफल भन्दा माथि र पहिलो शिविरभन्दा केही तल बुधबार  हिमपहिरोमा परेर मुत्यु भएकाहरुको शव निकाल्ने प्रयास असफल भएको  सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी) का अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । मौसम खराब हुँदा सगरमाथा आधार शिबिरमा हेलीकप्टर जान नसकेको उहाँले बताउँनुभयो ।

हिजो देखि उद्धारका लागी सिम्रिक एयरको हेलीकप्टर परिचालन भए पनि मौसम खराब हुँदा समस्या भएको उहाँको भनाई छ ।  मुत्यु हुने तीनै जना खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का थेसुका शेर्पाहरू  रहेका छन ।

पाँच हजार सात सय मिटरको उचाइमा भएको दुर्घटनामा  ३२ वर्षीय  तेन्जिङ शेर्पा, २१ वर्षीय लाक्पा रिता शेर्पा र ४५ वर्षीय बादुरे शेर्पा रहेका छन् । उनीहरू इम्याजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका थिए । शव निकाल्न एसपीसीसीको टोली घटनास्थलमा गए पनि शवहरु खोंचमा भएका कारण उद्धार प्रयास असफल भएको छ ।वसन्त ऋतुको आरोहण सिजनको सुरुवातमै सगरमाथामा मानवीय क्षति भएको हो
: soluFM

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729