सोलुखुम्बु । ‘खुम्बु ल्होसार कप’ फुटबलको १३ औं संस्करणको उपाधि ठमिछोवा फुटबल क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनलमा ठमिछोवा फुटबल क्लबले नाम्चे युवा क्लबलाई ३ – १ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
उपाधिको दावेदार नाम्चे युवा क्लब दोस्रो भएको छ । यस्तै आमाडब्लमले जुभिङ शेर्पा क्लबलाई २ – ० गोलअन्तरले पराजित गर्दै तेस्रो भएको छ । उपाधि जित्न सफल ठमिछोवा क्लबले १ लाख नगदसहित ट्रफि र मेडल प्राप्त गरेको छ ।
दोस्रो बन्न सफल नाम्चे युवा क्लबले ५० हजार नगदसहित र मेडल मेडल प्राप्त गरेको छ भने तेस्रो बन्न सफल आमाडब्लम युवा क्लबले २५ हजार नगदसहित मेडल र प्माण प्राप्त गरेको छ ।
शेर्पा समुदायको नयाँ वर्ष तथा चाड ल्होसारको अवसरका खुम्जुङ युवा क्लबले प्रत्येक वर्ष ‘खुम्बु ल्होसार कप’ आयोजना गर्दै आएको छ । काठमाडौंको सानो गौचरण खेलकुद मैदानमा सम्पन्न प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।
खुम्बु पासाङल्हामु गाउँपालिका– खुम्बु क्षेत्रको विभिन्न गाउँमा जन्मिएर स्वदेश तथा विदेशमा छरिएर रहेका युवा पुस्ताको खेलकुद प्रतिको लगाव, प्रतिभाको प्रस्फुटन र समुदायका सम्पूर्णलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ ।
-SoluFM




