उमाकुण्ड गाउँपालिकाको अध्यक्ष शेर बहादुर सुनुवारकाे प्रमुख अतिथ्यमा भएको उक्त कार्यक्रममा , सोही गाउँपालिकाको उपाध्यक्ष उर्मिला कार्की बस्नेत, प्रमर्शादाता जित नारायण श्रेष्ठ, उज्यालो नेपालको उपाध्यक्ष संजय तामाङ, सचिव आङ दाेर्जे शेर्पा, कार्यक्रम संयोजक सुनिता याेन्जन लगायत गाउँपालिकाको विभिन्न शाखाका कर्मचारी तथा प्रशिक्षार्थीहरूकाे उपस्थिति रहेकाे थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिका सल्लाहकार तथा प्रमर्शादाता जित नारायण श्रेष्ठले उमाकुण्डको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गरिदिएको भन्दै उज्यालो नेपाल संस्थालाई धन्यवाद व्यक्त गरे साथै यो तालिमबाट प्रशिक्षार्थीहरूले उमाकुण्डको प्रारम्भिक बाल विकास उमेर समुहको बालबालिकाको चौतर्फी विकासमा आफ्नो क्षमता र सीपको प्रयोग गर्नेछ भन्ने विश्वास लिएको बताए ।
