0Shares

रोमानियामा लामो समयदेखि सक्रिय रहेको शेर्पा किदुग संस्थाले आफ्नो नाम औपचारिक रूपमा परिवर्तन गर्दै अब शेर्पा समुदाय संघ (Sherpa Community Association) राखिएको जानकारी गराएको छ। नयाँ नामसहित संस्थाले रोमानिया सरकारबाट आधिकारिक रूपमा कानुनी मान्यता समेत प्राप्त गरिसकेको जनाएको छ।

संघका अध्यक्ष ल्हाक्पा तेन्जी लामाका अनुसार नाम परिवर्तनसँगै संस्थाको कार्यक्षेत्र र उद्देश्यलाई अझ व्यवस्थित तथा व्यापक बनाउने लक्ष्य राखिएको छ। यस संघको मुख्य उद्देश्य रोमानियाका विभिन्न क्षेत्र तथा पेशामा संलग्न शेर्पा समुदायलाई एकीकृत गर्दै आफ्नो मौलिक भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्नु रहेको छ।

त्यसैगरी संघले सामाजिक गतिविधि, समुदायमा उपलब्धिमूलक कार्यक्रम तथा सहयोगमूलक अभियानहरू सञ्चालन गर्दै शेर्पा समुदायलाई थप संगठित र सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ। समुदायभित्र आपसी सहकार्य, सहयोग र एकताको भावना अभिवृद्धि गर्दै सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि संघले व्यक्त गरेको छ।

संघका अध्यक्ष ल्हाक्पा तेन्जी लामा का अनुसार आगामी दिनहरूमा शेर्पा समुदायको हित र विकासलाई केन्द्रमा राख्दै विभिन्न सामाजिक, सांस्कृतिक तथा समुदायमुखी कार्यक्रमहरू सञ्चालन गरिनेछ। साथै, समुदायमा सकारात्मक प्रभाव पार्ने उद्देश्यका साथ संघले छिट्टै विस्तृत कार्ययोजना समेत सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।

रोमानियामा बसोबास गर्दै आएका शेर्पा समुदायका लागि यो संस्था एक साझा प्लेटफर्मको रूपमा विकास हुने अपेक्षा गरिएको छ, जसले समुदायको पहिचान, एकता र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729