0Shares

शेर्पा समुदायको महान् पर्व लोसारको अवसरमा २१५३औं ‘मे फो तालो’ (घोडा वर्ग) बृहत् शेर्पा लोसार साँझ–२०८२ आयोजना हुने भएको छ। नेपाल शेर्पा विद्यार्थी संघ को आयोजनामा कार्यक्रम ३० फागुन २०८२ (१४ मार्च २०२६) शनिबार अत्तर्खेलस्थित कुण्डली पार्टी प्यालेसमा सञ्चालन गरिने जनाइएको छ।

कार्यक्रममार्फत शेर्पा समुदायको भाषा, धर्म, संस्कार तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको नेपाल शेर्पा संघ का अध्यक्ष आङ ङिमा शेर्पा (डेभिट) ले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थी संघले शेर्पा युवाहरूको नेतृत्व विकास, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा विभिन्न शैक्षिक छात्रवृत्ति वितरणका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।

लोसार साँझमा परम्परागत शेर्पा नृत्य श्यब्रु, तथा आधुनिक सांस्कृतिक प्रस्तुतिहरू आकर्षणका रूपमा रहनेछन्। संघका महासचिव पेमा दोर्जे शेर्पा का अनुसार कार्यक्रममा गायक छोङ्बा शेर्पा, रोज मोक्तान, गायिका पाल्मु शेर्पा, लमु शेर्पा, छिरिङ डोमा, गायक फिन्जु शेर्पा, अशोक तामाङ, ङावा गोम्बु शेर्पा, कार्साङ शेर्पा, एसआरपी छिरिङ, पासाङ डिक्की शेर्पा, फुटी शेर्पा र लाक्पा शेर्पा लगायत कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति रहनेछ।

कार्यक्रमको प्रवेश शुल्क ५०० रुपैयाँ तोकिएको छ। थप जानकारी तथा टिकट बुकिङका लागि ९८६०४३४५४१, ९७४८२७५८७२ र ९८०३११६९०९ नम्बरमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729