शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३ औँ मे फो तलो ग्याल्पो लोसार ९घोडा वर्ष० को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम शेर्पा संघ अमेरिकाका अध्यक्ष एपी लामा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको हो। नेपालका महावाणिज्यदूत दधिराम भण्डारीको प्रमुख आतिथ्यतामा मिति २०२६ फेब्रुअरी २८, शनिबार, न्यूयोर्कमा कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमको उद्घाटन विशेष अतिथि बौद्ध धर्मगुरु टुल्कु उर्गेन खम्बचे शेर्पाद्वारा मोलम पाठ तथा प्रकृतिपूजा गरी गरिएको थियो। त्यसैगरी प्रमुख अतिथि दधिराम भण्डारी र धर्मगुरु टुल्कु उर्गेन खम्बचे शेर्पाद्वारा संयुक्त रूपमा छ्योमिन बाली उद्घाटन गरिएको थियो।

कार्यक्रममा सल्लाहकार ङवाङ फिन्जो शेर्पा, संरक्षक पासाङ काजी शेर्पा, शेर्पा किदुग अमेरिकाका प्रवक्ता फरादेण्डी शेर्पा, शेर्पा किदुग अमेरिकाका अध्यक्ष ई तेम्बा शेर्पा, ग्लोबल शेर्पा संघका महासचिव आङ जाङबु शेर्पा, तेण्डी शेर्पा, पेम्बा ग्याल्जेन शेर्पा, एनआरएनए अमेरिकाका उपाध्यक्ष आङ छिरिङ शेर्पा, शेर्पा संघ अमेरिका न्युजर्सी राज्यका अध्यक्ष नोर्की शेर्पा, नेपाली जनसम्पर्क समिति न्युयोर्कका अध्यक्ष दिनेश भण्डारी, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष बाशु लामिछाने, न्युयोर्क राज्यका डेमोक्रेटिक पार्टीका प्राइमरी संसदका उम्मेदवार सोमनाथ घिमिरे, जनजाति महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरुङ, किराँत याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष पुरण लिम्बू, शेर्पा संघ अमेरिकाका संरक्षक डोल्मा शेर्पा तथा संरक्षक मिङ्मार शेर्पा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
शुभकामना आदानप्रदान कार्यक्रम शेर्पा संघ अमेरिकाका महासचिव छिरिङ टकतोक शेर्पाले सञ्चालन गरेका थिए।
कार्यक्रममा उपस्थित सम्पूर्ण समुदायका महानुभावहरूको सक्रिय सहभागिताले लोसार पर्वको गरिमा अझ बढाएको आयोजकले जनाएको छ।





