0Shares

डेनमार्कमा बसोबास गर्दै आएका शेर्पा समुदायले फेब्रुअरी २२ का दिन २१५३औं ‘मे फो त ल्हो’ ग्याल्पो लोसार भव्यताका साथ मनाएका छन् । दक्षिणी Odence शहरस्थित बौद्ध गुम्बामा आयोजित उक्त कार्यक्रम उत्साहपूर्ण वातावरणमा मनाएको हो ।

उक्त लोसार कार्यक्रम शेर्पा किदुक डेन्मार्कको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा डेनमार्कका विभिन्न स्थानहरूमा बसोबास गर्ने शेर्पा समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा परम्परागत पूजाआर्चना, सांस्कृतिक नृत्य तथा गीत प्रस्तुति, साथै सामूहिक शुभकामना आदानप्रदान गरिएको थियो । सहभागीहरूले विदेशी भूमिमा रहेर पनि आफ्नो मौलिक भाषा, संस्कृति र परम्परालाई जोगाइराख्दै सामुदायिक एकता थप मजबुत बनाएको बताएका छन् ।

शेर्पा किदुक डेन्मार्कले विगतदेखि नै लोसारसहित विविध सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै आएको छ। यस्ता कार्यक्रमले नयाँ पुस्तामा आफ्नो पहिचानप्रतिको गर्व र सांस्कृतिक सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको समुदायका अगुवाहरूको भनाइ छ ।

हाल पासाङ लामा शेर्पा सो संस्थाका अध्यक्ष रहनुभएको छ। उहाँले विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729