0Shares

Anden Walung Monastery परिसरमा आयोजित तीन दिने लोसर पर्व २०२६ हर्षोल्लासका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि फुर्वा रिन्जिन शेर्पा स्वास्थ्य तथा परिवार कल्याण विभाग, सिक्किम सरकारका अध्यक्ष रहनुभएको थियो ।

विशेष अतिथिको रूपमा एम.एन. शेर्पा, सिक्किम विधानसभाका सभामुख लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । तीन दिनसम्म चलेको कार्यक्रममा विशेषगरी बालबालिका तथा युवायुवतीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। शेर्पा समुदायको मौलिक पहिचान झल्काउने परम्परागत पोशाक प्रदर्शन, शेर्पा नृत्य प्रतियोगिता तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

साथै, यस वर्ष पहिलो पटक आयोजना गरिएको शेर्पा हाफ म्याराथन कार्यक्रमको विशेष आकर्षण बनेको थियो। लोसर पर्वले परम्परागत नयाँ वर्षको उल्लासमात्र नभई शेर्पा भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूले बताएका छन्। तीन दिने पर्वले सामुदायिक एकता र आपसी सद्भावलाई सुदृढ बनाउँदै दरामदिन क्षेत्रमा उत्सवमय वातावरण सिर्जना गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729