0Shares

नेपाल शेर्पा संघ, सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको आयोजना तथा नेपाल शेर्पा विद्यार्थी संघ, सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको सह–आयोजनामा २१५३औं “मे फो त लो” ग्याल्पो लोसार (नव वर्ष) को अवसरमा आयोजित ग्याल्पो लोसार सांस्कृतिक तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

शनिबार सिन्धुपाल्चोक शेर्पा सेवा समाज भवन, सुन्दरटोल, जोरपाटीमा आयोजित कार्यक्रममा शेर्पा समुदायका अग्रज व्यक्तित्व, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, विद्यार्थी तथा युवा समूहका साथै स्थानीय सरकारका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाल शेर्पा संघ, सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका अध्यक्ष दावा जाङ्बु शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शेर्पा संघका संघीय अध्यक्ष लाक्पा ठिलेन शेर्पा प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा शेर्पा समुदायको भाषा, धर्म, संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनको आवश्यकता माथि वक्ताहरूले जोड दिएका थिए । साथै सांस्कृतिक नृत्य स्यब्रु र कलाकारहरुले सांगितिक प्रस्तुती राख्नुभएको थियो ।

नेपाल शेर्पा संघ, सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका अध्यक्ष दावा जाङ्बु शेर्पाले समुदायको पहिचान, एकता र आपसी सम्बन्ध सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729