0Shares

शेर्पा समुदायको राष्ट्रिय पर्व २१५३ औं मे फो ता ल्हो राष्ट्रिय ग्याल्पो लोसारको अवसरमा शेर्पा सञ्चार समूह नेपालले शुभकामनासहित अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

यहि फागुन २ गते (शनिबार) काठमाडौंको नारायणटारस्थित नेपाल शेर्पा संघमा आयोजना हुनगईरहेको हो । कार्यक्रममा लोसार शुभकामना आदान–प्रदानसँगै शेर्पा समुदायको भाषा, कला, संस्कृति संरक्षण तथा अधिकार र पहिचानका सवालमा मिडियाको भूमिका विषयमा छलफल गरिनेछ । कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

शेर्पा सञ्चार समूह नेपालकी का.अध्यक्ष डोल्मा शेर्पाले ग्याल्पो लोसार केवल नयाँ वर्षको उत्सव मात्र नभई समुदायको पहिचान, एकता र सांस्कृतिक चेतनासँग जोडिएको पर्व भएको बताउनुभयो ।

विगतका वर्षहरूमा पनि यस्ता कार्यक्रममार्फत समुदायका मुद्दा उठाउँदै आएको शेर्पा सञ्चार समूह नेपालले यसपटक पनि सरोकारवाला व्यक्तित्व, सञ्चारकर्मी तथा समुदायका अगुवाहरूको सहभागितामा सार्थक संवाद गर्ने उद्देश्य राखेको जनाएको छ ।

शेर्पा सञ्चार समूह नेपालका महासचिव मिङ्मा शेर्पाले शेर्पा सञ्चार समूह नेपालले आन्तरक्रिया कार्यक्रमसाथै विविध सञ्चारसंग सम्बन्धित प्रशिक्षणमूलक कार्यक्रमहरु गर्दै आईरहेको बताउनुभयो ।

शेर्पा सञ्चार समूह नेपालले ग्याल्पो लोसारको अवसरमा सम्पूर्ण नेपाली तथा शेर्पा समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्दै कार्यक्रममा गरिमामय उपस्थितिका लागि आग्रह गरेको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729