हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको आयोजनामा २१५३ औँ मे फो ता ल्हो (घोडा वर्ष) को अवसरमा राष्ट्रिय ग्याल्पो लोसार–२१५३ विशेष शुभकामना आदान–प्रदान तथा साम्दे शेर्पा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम–२०८२ आयोजना गरिने भएको छ ।
यहि फागुन ६ गते काठमाडौं महानगरपालिका–७ स्थित सिफल चौरमा शुभकामना तथा साम्दे शेर्पा राष्ट्रिय पुरस्कार वितरणसहित सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।
शेर्पा समुदायको धर्म, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विविध सांस्कृतिक तथा सांगीतिक प्रस्तुति रहने हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष डोमा शेर्पाले जानकारी दिनुभयो । कार्यक्रममा चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा रोज मोक्तान, मिङमा शेर्पा, लाक्पा तेन्जी शेर्पा (नादिङ), छोङ्बा शेर्पा, छिरिङ शेर्पा लगायतका गायिक तथा मेलिना राई, छिरिङ शेपो, पल्मु शेर्पालगायतको प्रस्तुति रहनेछ । साथै सूक्री दोङको सेलो प्रस्तुत रहनेछ ।
कार्यक्रमलाई थप आकर्षक बनाउन डि.जे. तेन्जिङ शेर्पा र डि.जे. ङवाङ शेर्पाले सांगीतिक संयोजन गर्नुहुने छ ।
शेर्पा समुदायको मौलिक पर्व ग्याल्पो लोसारको अवसरमा आयोजना गरिने यस कार्यक्रमले सांस्कृतिक पहिचानको संरक्षण, समुदायबीच आपसी सद्भाव तथा नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने विश्वास रहेको अध्यक्ष शेर्पाको भनाई छ ।
साथै फागुन ८ गते शुक्रबार शेर्पा गुम्बामा आयोजना हुनगईरहेको ल्हाप्सो पूजाका दिन विहान ८ बजे र्यालीको व्यवस्थापन हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले गर्नगईरहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । र्याली कार्यक्रमको रुटहरुः शेर्पा सेवा केन्द्र बौद्ध, टुसाल, चावाहिल, चारुमति विहार चबाहिल, महाँकाल, तिनचुली बौद्ध हुँदै शेर्पा सेवा केन्द्रमा समापन हुने कार्यक्रम छ ।




