0Shares

युनाईटेड शेर्पा एसोसिएसन अमेरिकाको आयोजनामा २१५३औँ त लो ग्याल्पो लोसारको अवसर पारेर आयोजित Inter Tsokpa Sebru Competition 2026 सफलतापूर्वक सम्पन्न भएको छ ।
प्रतियोगिता शेर्पा किदुक हलमा आयोजना गरिएको थियो । प्रतियोगितामा रामेछाप शेर्पा समाज अमेरिका प्रथम स्थान हासिल गर्न सफल भएको छ भने शेर्वी रिग्शुङ लोप्ता न्यूयोर्क द्धितिय स्थान हात पार्न सफल हुनुभएको छ ।


प्रथम तथा द्वितीय स्थान हासिल गर्ने स्यब्रु समूहहरूले आगामी वार्षिक लोसार पर्टीका अवसरमा प्रस्तुती दिने आयोजकले जनाएको छ ।
मार्च ७, २०२६ मा आयोजना हुने कार्यक्रममा न्यूयोर्कस्थित टिवेटेन कम्युनिटी हलमा विशेष श्याब्रु प्रस्तुति दिने आयोजकले जनाएको हो ।


कार्यक्रममा विभिन्न शेर्पा किदुग तथा संघसंस्थाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । कार्यक्रम शेर्पा किदुक अमेरिकाका अध्यक्ष ईन्जिनियर तेम्बा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा कार्यक्रम संयोजक फर देण्डी शेर्पाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन किदुगका महासचिव ल्हाक्पा तेन्जी शेर्पाले गर्नुभएको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा  पूर्व ट्रष्टी चियर पेम्बा ग्याल्जेन शेर्पा तथा पूर्व श्याब्रु प्रशिक्षक याङ्जी शेर्पा रहनुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729