शेर्पा सञ्चार समूह नेपालको आयोजनामा उद्घोषण तथा भाषाणकला तालिमको आयोजना हुने भएको छ । यहि साउन १८ गते आईताबार देखि २६ गते सोमबारसम्म नेपाली भाषामा उद्घोषण तथा भाषणकला तालिम संचालन हुन गईरहेको हो ।

नेपाल शेर्पा संघको भवन नाराणटारमा आयोजना हुने तालिमको प्रशिक्षण लामो समयदेखि उद्घोषण तथा भाषणकलामा प्रशिक्षण दिँदै आईरहनुभएका अनुभवि प्रशिक्षेक अग्निप्रसाद भट्टराईले प्रशिक्षण दिनुहुने छ ।  तालिमका लागि फारम खुलिसकेको छ भने फारम भर्ने अन्तिम मिति साउन १७ गते सनिबारसम्म रहेको छ ।

संस्थाका कार्यबहाक अध्यक्ष डोल्मा शेर्पाले युवाहरुको व्यक्तित्व क्षमता विकासमा सघाउ पुगोस भन्ने उदेश्यका साथ तालिमको आयोजना गर्न गईरहेको बताउनुभयो । उहाँले यसअगि पनि संस्थाले शेर्पा युवाहरुलाई लक्षित गर्दै क्षमता अभिवृतिका कामहरु गर्दै आईरहेको जानकारी दिनुहुँदै संस्थाले समाचार लेखन, फोटोग्राफी तालिम, शेर्पा भाषामा उद्घोषण तालिम लगायत संचारसंग सम्बन्धित क्रियाकलापहरु गर्दै आईरहेको बताउनुभयो ।

फारम भर्न थप सम्पर्कका लागि कार्यक्रम संयोजक दावा जङ्बु शेर्पा (९७४६९९७६८७) र सहसंयोजक नम्डु शेर्पा सम्पर्क नम्बर (९७४६३४८३४७) मा सम्पर्क गर्न सक्नुहुने छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729