Spread the love

नेपाल पत्रकार महासंघ जापानको आयोजनामा ‘प्रवासमा अनलाइन पत्रकारिताको व्यवस्थापन’ विषयक अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।

– प्रवासमा नेपाली भाषी अनलाईन/मिडिया संचालनको प्रावधान नेपाल सरकारको कानुनी प्रावधान पत्रकार आचारसंहिता व्यवस्थापकीय पक्ष र प्रवासमा गरिने पत्रकारिताको प्रभाव लगाएतको विषयमा बहस गरिने नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरीले जानकारी दिनुभयो ।

नेपाली दुतावास टोकियोका राजदूतडा. दुर्गाबहादुर सुवेदीको प्रमुख अतिथ्यमा हुने कार्यक्रमको विशेष वक्ताको रुपमा नेपाल पत्रकार महासंघ (FNJ) लेखा समिति, संयोजक लेखनाथ न्यौपाने र प्रशिक्षकको रुपमा डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदी रहने छ भने कार्यक्रमको सहआयोजकको रुपमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(FONIJ) जापान रहेको कार्यक्रम ‍संयोजक बिश्वास सुवेदीले जानकारी दिनुभयो ।

यही अक्टोबर ७ तारिख आइतबारको दिन सोलमारी मुरा हल, टोकियोमा दिउँसो १२ बजेदेखि १६ बजे‍सम्म हुन लागिरहेको कार्यक्रममा उपस्थितिको लागि नेपाल नेपाल पत्रकार महासंघ जापानले जापानमा रहेका ‍सबै पत्रकारहरुलाइ अनुरोध ‍समेत गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729