Spread the love

सोलुखुम्बु पर्यटकीय जिल्लाको रुपमा प्रख्यात भएतापनि यस क्षेत्रमा विभिन्न समस्याहरु रहेका छन् । जिल्लाको उत्तरी खुम्बु क्षेत्रमा पर्यटकहरुको केही सन्तोषजनक आगमन भएतापनि सोलुखुम्बुको तल्लो क्षेत्रका मानिसहरुमा पर्यटनसम्बन्धी उद्यमशीलताको कमी तथा पर्यटन गतिविधिको कमजोर व्यवस्था हुनु, प्रदेश तथा केन्द्रिय सरकारी निकायका प्रतिनिधिहरुको र पर्यटनसँग सम्बन्धित संघसंस्थाका मानिसहरुको अधिक उपस्थिति रहँदारहदै पनि जिल्लामा पर्यटन विकासका लागि कमजोर संस्थागत सञ्जाल र स्थानीय तहहरुबीच एक अर्कामा योजनागत सम्बन्ध कायम हुन नसकेकाले एकीकृत विकासका लागि पहल हुन सकेको छैन । जिल्लाको समग्र पर्यटन विकासका सबल पक्ष, कमजोर पक्ष, अवसर र चुनौतीहरुलाई संक्षेपमा प्रस्तुत गर्नुपर्दाः
(क) सबल पक्षहरुः
-पर्यटन स्रोत÷सम्पदा संयोजनको बलियो अवस्था (हिमाली प्राकृतिक, धार्मिक, साँस्कृतिक र साहसिक) ।
– जिल्लाका सबै गाउँपालिकाहरुमा सडक यातायातले जोडिनु ।
– विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, चोयु र ल्होत्सेसार जस्ता ८००० मी. भन्दा अग्ला तथा नुत्से, पुमोरी, आमाडब्लम, थामसेर्कु आदि जस्ता विश्व प्रसिद्ध हिमश्रृङ्खलाहरु हुनु ।
– धर्मपिक, मेरापिक, पिकेडाँडा, साल्पा, रात्नाङ्गे, पत्ताले जस्ता भ्यू पोइन्टहरु हुनु ।
– विश्व सम्पदा सूचीमा सुचिकृत सगरमाथा राष्ट्रिय निकुञ्जका साथै मकालु वरुण राष्ट्रिय निकुञ्ज हुनु ।
– समुन्द्री सहतबाट ७६० मी. देखि ८,८४८ मी. सम्मको उचाइ तथा विशिष्ट जैविक विविधताको क्षेत्र हुनु ।
– रेडपाण्डा, कस्तुरी, हिमचितुवा, घोरल, भालु, रतुवा, ब्वाँसो तथा डाँफे, कालिज आदि जस्ता दुर्लभ वन्यजन्तु एवम् चराचुरुङ्गीहरु ।
– लोठसल्ला, चिराइतो, कुड्की, पदमचाल, सुनपाती, पाखनवेद, विखुमा, सर्पगन्धा, शिलाजित, सुगन्धवाल, वनलसुन लगायत विभिन्न जडिबुटीहरु ।
– दुधकुण्ड, पाँचपोखरी, गोकियो जस्ता दर्जनौं ताल र पोखरीहरु एवम् दुधकोशी, सोलुखोला, हुँगा खोला, इङ्खुखोला जस्ता नदीनालाहरु ।
– जिल्लाभित्र ठूला–ठूला हाइड्रोपावरहरु निर्माण प्रक्रियामा रहनु ।
– कृषि तथा वनस्रोत पर्याप्त हुनु ।
– जैविक विविधता, वन्यजन्तु एवम् चराचुरुङ्गी अवलोकन र अध्ययनको लागि उपयुक्त स्थल हुनु ।
– धार्मिक तथा पुरातात्विक महत्वका स्थलहरु हुनु

(ख) कमजोर पक्षः
– जिल्लाको दक्षिणी क्षेत्रमा उत्तरी क्षेत्रको तुलनामा पर्यटकीय गतिविधि हुन नसक्नु ।
– वन तथा कृषिजन्य स्रोतको पर्यटकीय उपभोगको अभाव ।
– धार्मिक साँस्कृतिक सम्पदा एवम् स्थानीय नाचगानको पर्यटकीय उपभोग पर्याप्त रुपमा हुन नसकेको ।
– प्राकृतिक सम्पदा एवम् वातावरण संरक्षणमा कमी ।
– नयाँ पदयात्रा मार्गहरुको पहिचान नहुनु र भइरहेको सम्भार पनि हुन नसक्नु ।
– नयाँ गन्तव्य स्थलहरुको खोजी र पर्याप्त प्रचार–प्रसार हुन नसक्नु ।
– सुविधायुक्त स्तरीय होटलको अपर्याप्तता ।
– दक्ष जनशक्तिको अभाव ।
– परम्परागत पहिरन र खानाका परिकारहरु लोपोन्मुख ।
– स्थानीय स्तरको खाद्यवस्तुको प्रयोगको कमी ।
– पर्यटनबारे जनचेतनामा कमी ।
– पर्यटन प्रवद्र्धन र बजारीकरणको प्रभावकारीतामा कमी ।

(ग) अवसरहरुः
– हालसम्म ट्रयाक ओपन भइसकेका सडकहरुको आवश्यकतानुसार स्तरोन्नती गरी १२ महिना नै चल्ने बनाउनुका साथै विमानस्थललाई समेत व्यवस्थित गरी आगमन र बहिरगमनलाई थप विकास गर्न सकिने ।
– पर्वतीय अध्ययन, सगरमाथा आरोहण, कृषि वन एवम् पर्यावरणीय दृष्टिले पर्यटन गन्तव्यको रुपमा अवसर बोकेको क्षेत्र ।
– ऐतिहासिक किरात, शेर्पा लगायतका जातजातिहरुको सभ्यता र संस्कृति भएकाले गन्तव्यको रुपमा अवसर बोकेको क्षेत्र ।
– साहसिक पदयात्रा, भूदृष्य, कृषि तथा वनमा आधारित क्रियाकलापहरुको प्रचुर अवसर ।
– रामेछाप, खोटाङ, ओखलढुङ्गाको जिल्ला प्रवेश गर्ने सडक मार्गबाट आन्तरिक तराइवासी र भारतीय पर्यटकहरुलाई भित्र्याउन सकिने अवसर ।
– कृषि, साँस्कृतिक, धार्मिक तथा समुदायमा आधारित क्रियाकलापहरुबाट आय आर्जन र रोजगारीको अवसर ।
– भइरहेकोलाई थप व्यवस्थित गर्दै सम्भाव्य नयाँ पर्यटकीय स्थलगत रुपमा समेत दृश्यावलोकन लगायत अन्य कार्य केन्द्रित गरी बहुउद्देश्यीय पर्यटन केन्द्रहरुको स्थापना गर्न सकिने ।
– धार्मिक, पुरातात्विक र साँस्कृतिक धरोहरहरुको संरक्षण एवम् पुनरुत्थान हुन सक्ने ।
– पर्यटनलाई उद्योगको रुपमा विकास गर्न स्थानीय तह र पर्यटन व्यवसायीहरुद्वारा आवश्यक योजना, नीति, आचारसंहिता निर्माण गरी लागु गर्ने र सेवाको गुणस्तर अभिवृद्धि र स्वस्थ प्रतिस्पर्धा स्थापित गर्न सकिने ।
– पर्यटनको विस्तार भएसँगै साँस्कृतिक आदान–प्रदान, हस्तकला सामग्री उत्पादन एवम् घरेलु उद्योगको विकास हुन सक्ने ।
– स्थानीय सीप तथा जाँगरको अभिवृद्धि भई जीविकोपार्जन बढाउनमा सहयोग पुग्ने ।

घ) चुनौतीहरुः
– खुम्बुको पर्यटकीय गतिविधिहरुलाई तल्लो सोलुखुम्बुसम्म विस्तार गर्न नसक्नु ।
– अधिकतम जनसंख्यालाई पर्यटन विकासका प्रयासहरुमा सहभागिता गराई पर्यटनको प्रतिफल गरिब एवम् सीमान्तकृत वर्गमा पु¥याउनु पर्ने आवश्यकता रहेको ।
– सबै गाउँपालिकाहरुका सडक सञ्जालको विस्तारले पर्यटन विकासमा पार्न सक्ने सकारात्मक र नकारात्मक प्रभावलाई व्यवस्थापन गर्नुपर्ने चुनौती ।
– जिल्लाको समग्र पर्यटन विकासको लागि योजनावद्ध पर्यटन विकासका प्रयास र अन्तरगाउँपालिका समन्वयको आवश्यकता ।
– गुणस्तरीय पर्यटन सेवा सुविधा प्रदान गरी पर्यटकको सन्तुष्टि बढाउन सीप र क्षमतामा वृद्धि गर्नुपर्ने आवश्यकता ।
– बसाइसराइ र वैदेशिक रोजगारीका कारण दिगो पर्यटन विकासमा पर्न सक्ने प्रभाव व्यवस्थापन गर्न युवाकेन्द्रित पर्यटनका क्रियाकलापहरु सञ्चालन गर्नुपर्ने आवश्यकता ।
– प्राकृतिक र साँस्कृतिक सम्पदाहारुको सम्भावित क्षयीकरणबाट दिगो र जिम्मेवार पर्यटन विकासमा पर्न सक्ने नकारात्मक असरहरुलाई व्यवस्थापन गर्नुपर्ने चुनौतीहरु ।
– जलवायु परिवर्तनका कारण खुम्बु क्षेत्र तथा हिमाली भूभागको पर्यटन विकासमा पर्न सक्ने नकारात्मक प्रभावको व्यवस्थापन गर्नुपर्ने चुनौतीहरु ।
– पर्यटन बजारको अुसन्धानमा भएको कमजोरी र पर्यटन बजारको सूचनाको अभाव ।
– स्थानीय स्तरका पर्यटन व्यवसायीहरु तथा पर्यटन सहयोगी कामदारहरुको क्षमता, नैतिक र व्यवसायिकतापूर्ण क्रियाकलापहरुको चुनौती ।
– स्थानीय तह, प्रदेश र केन्द्रिय स्तरमा सामाजिक उत्तरदायित्व र व्यवसायिक जिम्मेवारपूर्ण पर्यटन क्रियाकलापको स्थापनाको लागि जिम्मेवार पर्यटन अवधारणामा निर्माण गरिनुपर्ने नीति, नियम, आचारसंहिता र तिनीहरुको कार्यान्वयनको सवालहरु ।

ङ) पर्यटन विकाससँगै हुने फाइदाहरुः
– विदेशी मुद्रा आर्जन गर्न सकिने ः पर्यटन व्यवसायको विकासले विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । हाम्रो जस्तो निर्यातको तुलनामा आयात व्यापार बढी भएको देशमा पर्यटन व्यवसाय विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख माध्यम बनेको छ ।
– विश्व भाइचारा तथा समझदारीको विकास ः पर्यटन व्यक्ति तथा व्यक्तिहरुको समूहको आवतजावतसँग सम्बन्धित छ । तसर्थ एक देशको व्यक्ति अर्को देशमा र एक ठाउँको व्यक्ति अर्को ठाउँमा गई एक आपसमा विचार तथा अनुभवहरु साटासाट गर्ने अवसर प्राप्त हुनुका साथै प्रत्यक्ष सम्पर्कको कारणले गर्दा समझदारीमा विकास हुन जान्छ ।
– साँस्कृतिक आदान–प्रदान ः एक देशको व्यक्ति अर्को देशमा एक ठाउँको व्यक्ति अर्को ठाउँमा गई त्यहाँको संस्कृति, रीतिरिवाज, चालचलन, भेषभूषासँग परिचित हुने अवसर प्राप्त गर्दछ । साथै आफ्नो संस्कृति, भेषभूषा, चालचलन पनि छोडेर जान्छ । यसरी साँस्कृतिक आदान–प्रदान हुन जान्छ ।
– जनचेतना अभिवृद्धि ः पर्यटनको विकासले समाजमा जनचेतनाको अभिवृद्धि हुन जान्छ । पर्यटनको विकासले मानिसको नयाँ व्यक्ति तथा परिवेशसँग सम्पर्क हुन गई उसमा फराकिलोपन आउन थाल्छ । मानव समाजमा मानिसले के गर्नुहुन्छ, के गर्नु हुँदैन भन्ने कुराको पहिचान गर्न सकिन्छ । पर्यटनको प्रभावले सरसफाई गर्ने, शिक्षादिक्षामा अगाडि बढ्ने, फोहोरमैला व्यवस्थापन जस्ता क्रियाकलापमा वृद्धि हुन गई सामाजिक चेतनाको अभिवृद्धि हुन जान्छ ।
– परम्परागत मान्यतामा सुधार ः पर्यटनको विकासले व्यक्ति तथा समाजले बाहिरी संसारसँग परिचित हुने अवसर प्राप्त गर्दछ, जसले फराकिलो सोचको विकास भई परम्परागत मान्यतामा सुधार आउन जान्छ  । कतिपय अवस्थामा परम्परागत मान्यता विकास र परिवर्तनको बाधक बन्न जान्छ ।

च) मुख्य पर्यटकीय सम्पदाहरुः
-प्राकृतिक सम्पदा
-नदीहरु
-झरना तथा तालतलैया
-मुख्य भञ्ज्याङ्गहरु
-जैविक विविधता
-साँस्कृतिक सम्पदाहरु
-पुरातात्विक एवम् धार्मिक स्थलहरु

छ) महत्वः
-लक्ष्य निर्धारित पर्यटनमा महत्व र उद्देश्यले पर्यटन गतिविधिलाई अगाडि बढाउँदछ । पर्यटकीय स्थल पनि सोही अनुरुप निर्धारित र सञ्चालित हुन्छन् । यसरी सञ्चालित पर्यटनबाट भएका लाभ र त्यसको प्रयोगको पनि लक्ष्य निर्धारित गरिएको हुन्छ । पर्यटन विकासको निरन्तरता र संरक्षणको लागि समेत यो उपयोगी ठहर्दछ । तसर्थ सोलुखुम्बु जिल्ला पर्यटन र पर्यटकीय दृष्टिकोणबाट एक विशेष महत्व राख्दछ भने सम्पदाको हिसाबले पनि विशेष महत्व राख्दछ ।
– सोलुखुम्बु जिल्लाको भौतिक तथा जैविक बनोट समावेश भएका प्राकृतिक आकृतिहरु जुन सौन्दर्य वा वैज्ञानिक दृष्टिकोणले विशेष विश्वव्यापी महत्वका छन् ।
– सोलुखुम्बु जिल्लाको भौगोलिक तथा भू–आकृतिका बनोटहरु र लोपोन्मुख किसिमका जनावर र वनस्पति भएको थलो जुन विज्ञान वा संरक्षणको दृष्टिकोणले विशेष र विश्वव्यापी महत्वका छन् ।
– यहाँका कतिपय त्यस्ता प्राकृतिक स्थल र निश्चित निर्धारित प्राकृतिक क्षेत्रहरु जुन विज्ञान, संरक्षण वा सुन्दरताको दृष्टिकोणले विशेष विश्वव्यापी महत्वका छन् ।

ज) रणनीतिक पर्यटन कार्ययोजना ः
-सोच
-लक्ष्य
-उद्देश्यहरु
-कार्ययोजनाहरु

झ) सुझाव तथा निष्कर्षः
– गाउँ तथा नगरको आ–आफ्नो छुट्टै पर्यटन कार्ययोजना बनाई दिगो ग्रामीण पर्यटन विकासका माध्यमबाट जिल्लाको अर्थतन्त्रलाई सशक्त बनाउँदै जिल्लावासी र विशेषगरी गरिब, महिला एवम् पिछडिएका वर्गहरुको समेत जीवनस्तर उठाउन सकिने ।
– पर्यटन क्षेत्रमा संलग्न हुने दक्ष जनशक्ति तयार गर्दै पर्यटन सम्बद्ध उद्यम विकास, सेवाको गुणस्तरमा अभिवृद्धि एवम् रोजगारी सृजना गर्नमा जोड दिन सकिने ।
– स्थानीय तहको कार्ययोजना एवम् जनताको सहभागितामा ऐतिहासिक, साँस्कृतिक, धार्मिक सम्पदाहरु र जैविक विविधता, ऊर्जा एवम् वातावरणको संरक्षण तथा संवद्र्धन गर्न सकिने ।
– जिल्ला तथा स्थानीय तह अन्तर्गतका विद्यमान विशिष्ट आकर्षणहरुको संवद्र्धन गर्दै नयाँ सम्पदाहरुलाई समेटी प्रभावकारी प्रवद्र्धनका माध्यमबाट सोलुखुम्बुलाई आन्तरिक तथा बाह्य पर्यटहरुको एक प्रमुख गन्तव्य स्थलको रुपमा स्थापित गर्न सकिने ।
– पर्यटकीय पूर्वाधारहरुको निर्माण तथा सम्भार गर्न स्थानीय तहहरुको सक्रियतामा स्थानीय बासिन्दाहरुलाई परिचालन गर्नुका साथै स्वदेशी लगानी आकर्षित गर्न सकिने ।
– आयमूलक पर्यटकीय व्यवसायहरु विकसित गर्ने वातावरण श्रृजना गरी पर्यटनको लाभ स्थानीय स्तरमै र विशेषगरी गरीब, जनजाति, दलित तथा पिछडिएका समुदायहरुसम्म पु¥याउन सकिने ।
– विभिन्न जातजातिका मौलिक कला एवम् विशिष्ट परम्परागत संस्कृतिको संरक्षण गरी तिनका पर्यटकीय उपयोग गर्ने गरी विशेष कार्यक्रम ल्याउन सकिने ।
– पर्यटकीय पूर्वाधारहरुको संरक्षण, मर्मत, सम्भार तथा निर्माण कार्यमा निजी क्षेत्रलाई समेत संलग्न गराउन सकिने ।
– प्रदुषण नियन्त्रण एवम् वातावरण संरक्षणलाई ध्यान दिदै पर्यटनको विकास एवम् विस्तार गर्दा पर्या–पर्यटनका आधारहरु अनिवार्य रुपमा अवलम्बन गर्न सकिने ।
– पर्यटन व्यवसायमा नेपाली, भारतीय एवम् समस्त पर्यटकहरुप्रति दर्शाइने व्यवहार, लैङ्गिक समानता, ऊर्जा, वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन आदि विषयमा जनचेतना अभिवृद्धिमूलक कार्यक्रमहरु सञ्चालन गर्न सकिने ।
– पर्यटकलाई सेवा पु¥याउने व्यक्ति, व्यवसायी र सम्बन्धित संस्थाहरुको क्षमता अभिवृद्धि गर्न आवश्यकतानुसारको तालिम एवम् अन्य कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गरी दिगो र जिम्मेवार पर्यटन विकासमा जोड दिन सकिने ।
– पर्यटक एवम् पर्यटन व्यवसायीहरुले पालना गर्नुपर्ने बेग्लाबेग्लै आचारसंहिताहरु स्थानीय तहमा नै तर्जुमा गरी अनिवार्य रुपमा कार्यान्वयन गर्ने गराउने साथै सेवाको गुणस्तरको आधारमा पर्यटन व्यवसायको स्थानीय तहमै वर्गिकरण गरी स्वस्थ प्रतिस्पर्धा कायम हुने व्यवस्था अपनाउन सकिने ।
– पर्यटकीय क्रियाकलापहरुको सञ्चालन एवम् प्रवद्र्धन गर्ने कार्यमा स्थानीय जनसहभागिता जुटाउँदै रोजगारी सृजना हुने प्रकृतिका विशेष कार्यक्रमहरु सञ्चालन गर्न सकिने ।
– पर्यटकहरुलाई पटक–पटक भ्रमणमा आउन आकर्षित गर्ने उद्देश्यले थप पर्यटकीय गतिविधि एवम् आकर्षणहरु विस्तार गर्न सकिने ।
– पर्यटन प्रवद्र्धनलाई प्रभावकारी बनाउन उपयुक्त पर्यटन बजारीकरण नीति अवलम्बन गर्न सकिने ।
– पर्यटनलाई सघाउ पु¥याउने कृषिजन्य वस्तुहरुको उत्पादन, पशुपालन लगायत अन्य स्थानीय उपभोग्य वस्तु तथा सेवाको उपयोगमा वृद्धि ल्याउन सकिने ।
– सहकारी संस्थाहरुको विकास एवम् तिनीहरुलाई पर्यटन क्षेत्रमा संलग्न गराई ग्रामिण स्तरको पर्यटन व्यवसायको सञ्चालन एवम् व्यवस्थापन गर्न प्रोत्साहन गर्न सकिने ।
– जडिबुटी उत्पादन, प्रशोधन, हस्तकला सामग्री एवम् अन्य पर्यटकीय वस्तुहरुको स्थानीय स्तरमा उत्पादन तथा प्रयोगको सम्बन्धमा विशेष योजना ल्याई कार्यान्वयन गर्न सकिने ।
– वन्यजन्तुहरुको अवलोकन, जंगल सफारी, कृषि पर्यटन, सम्भाव्य नयाँ पर्यटक स्थलहरुमा समेत दृश्यावलोकन लगायत अन्य कार्य केन्द्रित गरी बहुउद्देश्यीय पर्यटन केन्द्रहरुको स्थापना गर्न सकिने ।

सहायक सन्दर्भ सामाग्रीहरुः

१.Bhatta Damodar Prasad, Eco Tourism In Nepal With (Theoretical Concepts and Principals), June-2006, Quality Printers Pvt. Ltd. Putalisadak, Kathamandu.

२. जिल्ला बस्तुगत विवरण, सोलुखुम्बु २०७२, तथ्याङ्क कार्यालय, ओखलढुंगा
३. गिरी हिमाल, सोलुखुम्बु (संक्षिप्त परिचय २०६५), सोलुखुम्बु–काठमाण्डौ गणतान्त्रिक सम्पर्क मञ्च
४. जिल्ला विकास समिति सोलुखुम्बु, बार्षिक जिल्ला विकास योजना, आ.व. २०७३÷०७४, सूचना तथा अभिलेख केन्द्र, जि.वि.स. सोलुखुम्बु
५. गिरी हिमाल, रणनीतिक पर्यटन कार्ययोजना २०७७, थुलुुङ दुधकोशी गाउँपालिका, सोलुखुम्बु
६. प्रस्थान त्रैमासिक, वर्ष–१, अंक–१, बैशाख २०७१
७. गिरी हिमाल, सोलुखुम्बु र पर्यटन, २०६६, प्रकाशक (टान) काठमाण्डौ

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले प्रकाशित स्मारिका २०७९ बाट साभार

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729