Spread the love

लिखुपिके गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकाको
सिमानामा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ,
८ हजार मि. भन्दा अग्ला ६ वटा हिमाल देख्न सकिने
समुन्द्री सतहबाट ४०७०मि. उचाईमा रहेको पिके डाँडा नाउँ।

च्यवा पिके र ग्वाले पिके दुई डाँडा
आमनेसामनेमा रहेका सुन्दर यस्तो ठाउँ,
शेर्पा जातिको संस्कृतिसँग जोडिएको
दुई डाँडा च्यवा पिके र ग्वाले पिके नाउँ।

जति माथि चढ्दै गयो उतिनै सुन्दर मनोरम
हिमालय दृश्य देख्न सकिने उच्च यस्तो ठाउँ,
जति तल झर्दै गयो त्यति नै गुम्बा, मने, स्तुपा र
शेर्पा तामाङ समुदायकले भरिएको सुन्दर रमणिय गाउँ।

सगरमाथा,अन्नपूर्ण,मनास्लु,कञ्चनजङ्घा हिमालहरु
नजिकै नियाल्न सकिन्छ पिके शिखर वरिपरि डुल्दा,
साथै मकालु,नुप्चे,ल्होत्से लगायत अन्य धेरै हिमालहरु
पनि नियाल्न सकिन्छ सफा मौसम खुल्दा।

इलामको चिया बगान जस्तै धुपीको फूल फुल्दा,
त्यही धुपीको सुगन्ध संगै डाँफे मुनाल डुल्दा।
वरिपरी केही ठाउँमा चौरी जोप्के चडदा ,
प्राकृतिक सुन्दरताले सबैलाई शितल छोड्दा।

वरिपरी सबै तिर बदाल लागि डाक्दा,
कति रमाईलो हुन्थ्यो अज्ज रागे मेला लाग्दा।
बिहानीको सुरूवात सँगै धुपीको सुगन्ध छाउदा,
कति रमाइलो हुन्थ्यो हजारौ मानिसहरू पिके दर्शनमा आउदा।

सोलुखुम्बुको काखमा बसेर हिमाल,पहाड,डाँफे,मुनाल
लालीगुराँसको दृश्य संगै रम्न सकिने उच्च यस्तो ठाउँ।
सगरमाथाको काखमा रहेको पर्यटकीय विकासको
दृष्टिकोणले महत्त्व बोकेको पिके डाँडा नाउँ
–छोङ दोर्जी शेर्पा

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले सगरमाथा दिवसको अवसरमा अयोजाना गरेको खुल्ला अनलाइन लेख तथा रचना प्रतिस्पर्धात्मक कार्यक्रम बाट उत्कृष्ट भएका लेख, सस्थाले प्रकाशित स्मारिका २०७९ बाट साभार

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729