Spread the love

सोलुखुम्बु । सल्लेरी — खुम्बु सडक कालो पत्रेको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले शिलान्यास गर्नुभएको छ । आज सल्लेरी, सेर्गामा आयोजित एक कार्यक्रममा मेयर शेर्पाले सल्लेरीदेखि सिलगुडि डाँडा- काँकु- बासा- जुभिङ हुँदै लुक्ला पुग्ने सडक कालो पत्रेको शिलान्यास गर्नुभएको हो ।

२०८३ साल असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो सडकको लागत ४० करोड ९० लाख ८४ हजार ९३८ रहेको छ । सडकको लम्बाई साडे १० किलोमिटर रहेको छ ।

सडक निर्माणको जिम्मेवारी श्री चम्पेश्वर- पि.एम.निर्माण जे.भी.ले पाएको छ ।  शिलान्यास कार्यक्रममा मेयर शेर्पाले माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाको लागि यो सडक “लाइफ लाइन” भएको भन्दै सडक निर्माण समयमा नै सम्पन्न गर्न सबैको दायित्व भएको बताउनुभयो ।


यसैबीच सोलुदुधकुण्ड नगरपालिकाका मेयर शेर्पाले सडक कालो पत्रेको शिलान्यास गरिरहँदा माप्यदुधकोशी गाउँपालिकाले भने एकपक्षीय शिलान्यास भन्दै आपत्ती जनाएको छ । माप्य दुधकोशी गाउँपालिकाले आज बुधबार नै विज्ञप्ती जारी गर्दै विगतमा भएको सहमति र निर्णयलाई उल्लंघन गर्दै आफ्नो नाम राखी निर्माण कम्पनीको सहमति नहुँदा पनि शिलान्यासको नौटंकी गरेको दाबी गरेको छ ।

माप्य दुधकोशी गाउँपालिकाको तर्फवाट जारी विज्ञप्तीमा अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष गौरव राई र वडा अध्यक्षहरु साजन राई, अमित राई, भक्तबहादुर राई, अविरल वाइबा र सगुजीत राईको हस्ताक्षर रहेको छ ।

विज्ञप्तीमा उक्त सडक कालो पत्रेका लागि डिपिआर निर्माण र सम्बन्धित मन्त्रालय, कार्यालयमा बजेटका लागि पहल कदमी माप्य दुधकोशी गाउँपालिकाले लिएको उल्लेख गरिएको छ । साथै सडकलाई माप्य-खुम्बु रणनीतिक सडक नामाकरण गरि बजेट बिनियोजनमा पूर्व माननीय हेमकुमार राई सुरवीरको महत्वपूर्ण योगदान रहेको भन्दै ठेक्का खुले पनि काम अनिश्चित भइरहेको बेलामा संघीय माननीय मानवीर राई, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, प्रदेश माननीय बुद्धि कुमार राजभण्डारी, खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पा लगायत्ले महत्वपूर्ण पहल कदमी लिएको विज्ञप्तीमा उल्लेख छ ।

माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले शिलान्यासका बिषयमा आपत्ती नभए पनि लिखित निर्णय विरुद्ध मेयर शेर्पाले काम गरेकोले आपत्ती रहेको बताउनुभएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले कालो पत्रे सडक शिलान्यास गरेपछि विवाद देखिएको बारे सोलु एफ.एम.को जिज्ञासामा मेयर शेर्पाले सोलुदुधकुण्ड नगरपालिकाको क्षेत्र परेकोले आफैले शिलान्यास गरेको बताउनुभयो । वहाले आगामी दिमा सडक निर्माण कार्यमा कुनै विवाद नगरी काम गर्नेसमेत बताउनुभएको छ ।

माप्य दुधकोशी गाउँपालिकाको विज्ञप्ती

Source:Solu FM

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729