Spread the love

कस्तुरीको चालमा डुल्ने भए नेपाल आऊ ।
स्वच्छ यी आकाश झैँ खुल्ने भए नेपाल आऊ ।

छन् अनेकौँ फूलका बास्ना, हिमालै क्या हिराको
धानका बालासरी झुल्ने भए नेपाल आऊ ।

लेकमा छुर्पी र स्याऊ, ओउल बेँसीमा छ अम्बा
याक चर्ने भेकतिर भुल्ने भए नेपाल आऊ ।

स्वार्थ त्यागी प्रेममा ज्युँदा मुटू नै हुन्छ न्यानो
सयपत्री माझमा फूल्ने भए नेपाल आऊ ।

ताल, खोला, भीरपाखा, चौर डाँडा पीपलूमा
प्रेम, श्रद्धा, भावना हुल्ने भए नेपाल आऊ ।

जेबि जिज्ञासु
नेचासल्यान २ सोलुखुम्बु

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले सगरमाथा दिवसको अवसरमा अयोजाना गरेको खुल्ला अनलाइन लेख तथा रचना प्रतिस्पर्धात्मक कार्यक्रम बाट उत्कृष्ट भएका लेख, सस्थाले प्रकाशित स्मारिका २०७९ बाट साभार

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क ठेगाना

Gokarneshor-6, narayantar, Kathmandu, sherpasanchar@gmail.com

प्रधान सम्पादकः.......,: दर्ता न. :२६३/०६५

सम्पर्क नम्बर

+977-986-972-2164 | +977-981-002-8729